विराटनगर– खोटाङमा जलविद्युत आयोजनामा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ।
ऐँसेलुखर्क गाउँपालिका १ स्थित नावालिबिङ खोला जलविद्युत पावरहाउसमा कार्यरत कर्मचारी स्थानीय गणेश जोगीको मृत्यु भएको हो। उनी अपरेटरको रुपमा कार्यरत थिए।
इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कले घटनाको अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।