कञ्चनपुर- कञ्चनपुरको महाकाली सिँचाइ आयोजनाको नहरमा खसेर गएराति ट्याक्टर चालकको ज्यान गएको छ। बिहीबार राति १०ः३० बजे ट्याक्टर नहरमा खस्दा बेल्डाँडी गाउँपालिका वडा नं. ३ का भुवन दासको मृत्यु भएको हो।
चालक दासले चलाइरहेको से१त ५९२१ नम्बरको ट्याक्टर नहरमा खसेको थियो।
दासको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।