झापा– झापामा जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन्।
च्याउ खाँदा मेचीनगर नगरपालिका १४ दुवागडी प्रेम किसन दर्जी, उनकी पत्नी सुशीला, उनीहरुका ३ र २ वर्षीय छोरा, ज्वाइँ प्रकाश दर्जी र आमा लीलामाया बिरामी परेको प्रहरीले जनाएको छ।
उनीहरुलाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा भर्ना गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।