• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

ओमिक्रोन भेरियन्ट संक्रमितमा पोष्ट कोभिडको समस्या कति? यस्तो छ विशेषज्ञको धारणा

64x64
नेपाल लाइभ शुक्रबार, माघ २१, २०७८  ०७:४५
1140x725

काठमाडौं– कोरोना महामारीको पहिलो र दोस्रो लहरमा कोरोना संक्रमण भएपछि  पोष्ट कोभिडको समस्या धेरैमा देखियो। त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल लगायतका अघिकांश अस्पतालहरुले पोष्ट कोभिडका लागि छुट्टै वार्ड नै सुरु गरेका थिए।

विशेषगरी कोरोना संक्रमण भएर अस्पतालमा भर्ना भएका, आईसीयू तथा भेन्टिलेटरमा पुगेका बिरामीहरु पछि फेरि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना नै गर्नुपर्ने अवस्था थियो।

अहिले नेपालमा ओमिक्रोन र डेल्टा दुवै भेरियन्टका संक्रमति देखिइरहेको छ। डेल्टाको तुलनामा ओमिक्रोन कम खतरा रहेका कारण धेरै स‌ंक्रमित अस्पताल भर्ना हुनु परिररहेको अवस्था छैन। पछिल्ला दिनमा नेपालमा डेल्टाभन्दा ओमिक्रोनबाट संक्रमित हुने धेरै छन्।

ओमिक्रोनले धेरैमा सामान्य लक्षण देखाएको र स्वासप्रस्वासको माथिल्लो भागमा बढी असर गरेको छ। ओमिक्रोन सहितको तेस्रो लहरको कोरोना संक्रमण देखिएपछि मृत्यु हुनेहरुमा धेरै जस्तो ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरु छन्।

ओमिक्रोन संक्रमितमा पनि विगतमा जस्तै पोष्ट कोभिड संक्रमण देखिन थालेको छ त? संक्रमितमा दोस्रो लहरमा जस्तो गम्भीर अवस्था नदेखिएकाले यो लहरमा पोष्ट कोभिडको समस्या पनि कम हुन्छ भन्ने चिकित्सकहरुको अनुमान छ।

त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा निरज बमका अनुसार अस्पतालमा अहिले पनि पोष्ट कोभिडका बिरामी उपचाररत छन्। तर तीमध्ये अधिकांश डेल्टा भेरियन्टबाट संक्रमित भएकाहरु छन्। उनले अहिले अस्पतालमा पोष्ट कोभिडका संक्रमितको संख्या निकै कम भएको जानकारी दिए। ‘बैशाखदेखि असोज/कात्तिकमा पोष्ट कोभिडका बिरामीहरु बढी हुन्थ्ये,’ डा बमले भने, ‘यो सबै दोस्रो लहरमा संक्रमण भएका व्यक्तिहरु नै थिए, अहिले पोष्ट कोभिडका बिरामीको संख्या कम भएको छ। ओमिक्रोन संक्रमितमा पोष्ट कोभिडको कस्तो समस्या देखिन्छ भन्ने कुरा अझै केही समयपछि मात्र थाहा हुन्छ।’

उपचारका लागि आउने पोष्ट कोभिडका बिरामीहरुमा कोभिड संक्रमण हुँदाजस्तै ज्वरो आउने, रुघाखोकी लाग्ने, छाती घ्यारघ्यार हुने, कोरोना संक्रमण हुँदा एक्सरेमा देखिएको छातीको दाग कम नहुने लक्षणहरु बढी भएको डा बमको भनाई छ।

डा बमका अनुसार यस्ता समस्या लिएर आउने बिरामीहरुमा धेरैजस्तो कोभिड संक्रमणको समयमा हाइफ्लो अक्सिजन दिनुपर्ने, आइसीयू तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्थाबाट निको भएका बिरामी र दीर्घ रोग भएकाहरु छन्।   

Ncell 2
Ncell 2
nimb
nimb

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि पोष्ट कोभिडका बिरामी कम भएका छन्।दोस्रो लहरमा संक्रमण भएकाहरु निको हुँदै गएको र ओमिक्रोनको संक्रमण भएकाहरुमा पोष्ट कोभिडको समस्या आइनसकेको डा शेरबहादुर पुनले सुनाए। ‘हाम्रो अस्पतालमा आजभोलि पोष्ट कोभिडका बिरामी खासै छैनन्, दोस्रो लहर पछि धेरे नै आएका थिए,’ डा पुनले भने, ‘ओमिक्रोन देखिएपछि आउने पोष्ट कोभिडका बिरामीहरु पनि छैनन्।’ 

ओमिक्रोन निको भएपछि मानिसमा फेरि स्वास्थ्य समस्याहरु देखिन्छ वा देखिँदैन अहिले भन्न नसकिने डा पुनले बताए। उनी भन्छन्, ‘अहिले नै भनिहाल्ने अवस्था छैन, यो ओमिक्रोनले शरीरमा कस्तो असर पार्छ भन्ने कुरा निको भएको एकडेढ महिनामा देखिने गर्छ, त्यसैले अहिले नै कस्तो हुन्छ भन्न सकिँदैन।’

ओमिक्रोन संक्रमण भएकाहरुमा पोष्ट कोभिडको समस्या डेल्टाको तुलनामा कम हुनसक्ने डा पुनको अनुमान छ। त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जस्तै वीर अस्पतालमा पनि उपचारका लागि आउने पोष्ट कोभिडका बिरामी घटेका छन्।

अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकारी डा भूपेन्द्र बस्नेतका अनुसार पहिलो र दोस्रो लहरपछि अस्पतालले पोष्ट कोभिड ओपिडी, पोष्ट कोभिड आईसीयू नै सञ्चालन गरेको थियो। तर अहिले पोष्ट कोभिडका बिरामीको संख्या न्युन रहेको उनले बताए। डा बस्नेत भन्छन्, ‘अहिले पोष्ट कोभिड नै भनेर आउनेहरु कम छन्, अहिले धेरै बिरामी कोभिड नै भएर आइरहेका छन्। यो कोभिडका बिरामी कम हुँदै गएपछि पोष्ट कोभिडका बिरामी आउनसक्छन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

के हो पोष्ट कोभिड समस्या? कस्ता समस्या देखिए अस्पताल जानुपर्ने हुनसक्छ?
कोभिड-१९ संक्रमणमुक्त भइसकेपछि पनि शरीरमा विभिन्न समस्या तथा असर देखिन्छ भने त्यसलाई पोष्ट कोभिड समस्या भनिन्छ। संक्रमणमुक्त भएपछि अलिअलि जिउ गल्ने वा थकान भए जस्तो महसुस हुनसक्छ, त्यसमा आत्तिएर अस्पताल गइहाल्नु पर्दैन।

तर सास फेर्न धेरै गाह्रो हुने, निद्रा नलाग्ने झर्को लाग्ने जस्ता डिप्रेसनका लक्षणहरु देखापर्ने, थोरै समय हिँड्दा पनि स्वाँ-स्वाँ हुने, धेरै नै थकाई लाग्ने र धेरै कमजोरी महसुस हुने, एकाएक रक्तचाप बढ्ने वा घट्ने, कालो ढुसीका लक्षणहरु देखिने जस्ता पोष्ट कोभिड समस्याहरु देखा परेमा चिकित्सकसँग सल्लाह गरेर अस्पताल जानुपर्ने हुनसक्छ। 

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ?
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्