बंगलादेश- म्यानमारको सिमानामा खटिएका सुरक्षाकर्मीले रोहिंग्या बालकमाथि गोली प्रहार गरेका छन्। सुरक्षाकर्मीको गोली लागि १० बर्षीय बालक अन्सार उल्लाह घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन्।
बंगदेशसँग र म्यानमारको सिमानामा रहेको निषेधित क्षेत्रमा खेलिरहेका बालकमाथि गोली प्रहार गरेको बताइएको छ।
'निषेधित क्षेत्रमा केही बालबालिकाहरू खेलिरहेका बेला म्यानमार सिमा सुरक्षा प्रहरीको कार्यालय तर्फबाट अन्सार माथि गोली प्रहार भयो,' स्थानीय सामुदायिक नेता दिल मोहम्मदले भने।
बालकमाथि अनाहकमा प्रहरीले गोली प्रहार गरेको भन्दै अधिकारवादी संघसंस्थालगायत विभिन्न क्षेत्रबाट विरोध भएको छ।
झन्डै ७ लाखभन्दा बढी रोहिङ्ग्या मुस्लिम समुदायका नागरिक गत वर्ष म्यानमारबाट लखेटिएका थिए। उनीहरूलाई म्यानमारका सुरक्षाकर्मीले नै जबरजस्त लखेटेका थिए। लखेटिएका मध्ये अधिकांश बङ्लादेशमा शरणार्थी जीवन बिताइरहेका छन् भने उनीहरूलाई विभिन्न अन्तर्राष्ट्रिय सहयोग निकायहरूले सहायता प्रदान गरेका छन्।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।