• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

उपभोक्ताको मनोविज्ञानमाथि खेलवाड नगर

64x64
नेपाल लाइभ बिहीबार, असार १४, २०७५  १५:२४
1140x725

दैनिक लाखौं उपभोक्ताले उपभोग गर्ने दूधका सम्बन्धमा पछिल्लो समय बजारमा अनेकखालका समाचार बाहिर आएका छन्। त्यसमा केही सत्यता छ भने केही अनर्गल प्रचार। 

यिनै हल्लाकाबीच दूधको उपभोगमा कमी आएको उद्योगीहरूले बताएका छन्। उद्योगीहरूका अनुसार अहिले दूधको बिक्री करिब चौथाईले घटेको छ। यसको अर्थ केही उपभोक्ताले दूध उपभोग गर्नै छाडेका छन् अर्थात् कमी ल्याएका छन्। 

विरामी, बालबालिका, वृद्धवृद्धादेखि वयस्कसम्म दैनिक लाखौं उपभोक्ताले उपभोग गर्ने दूधका सम्बन्धमा पछिल्लो समय 'कोलिफर्म' भेटिएको र युरियासमेत मिसाइएको भन्ने समाचारले बजारमा उपलब्ध प्रशोधित दूधप्रतिको जनविश्वास घटेको अवस्था छ। अर्कोतिर दूध उत्पादक किसान र उद्योगीको बजार पनि गुम्ने खतरा छ। 

गत जेठ अन्तिम साता कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयले गरेको बजार अनुगमनले नेपाली डेरी उद्योग आफ्ना उपभोक्ताप्रति संवेदनशील नभएको प्रस्ट देखाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको प्रयोगशाला परीक्षणले दूधमा न्यून गुणस्तरदेखि कोलिफर्मका जीवाणुसम्म फेला परेको देखाएको छ। 

सरकारको अनुगमन र प्रयोगशाला परीक्षणका विषयलाई टिपेर अहिले बजारमा अनेक भ्रम फैलिएको छ। जसले उपभोक्तामाझ 'बजारमा उपलब्ध प्रशोधित दूध खानयोग्य छैन' भन्ने धारणा निर्माण भएको छ। 

डेरी उद्योगहरूले दूध उत्पादनमा हेरचेक्र्याइँ गरेको बजार अनुगमनबाट प्रस्टै देखिन्छ। त्यसका लागि सम्बन्धित निकायले सुधारका उपाय र त्यो नभए कारबाहीको प्रक्रिया अपनाउन ढिलाइ गर्नु हुँदैन। तर, सत्य-तथ्य के हो भन्ने गहिरो अध्ययन नगरी चर्चाका लागि बजारमा पाइने सबै दूध खानै नहुनेगरी हानिकारक छ भन्ने शैलीमा प्रचार गर्नु पनि व्यावहारिक कुरा होइन। 

विभागले दूधमा युरिया भेटिएको विषयमा सत्यता नभएको दाबी गरेको छ। सोडा मिसाइएको, कोलिफर्म जीवाणु भेटिएको, फ्याट र एसएनएफको मात्रा कम भएको विषय कानुन विपरीत भए पनि त्यसले मानव स्वास्थ्यलाई गम्भीर असर नपार्ने विषयलाई सरकारले आम जनतासमक्ष प्रष्ट पार्न सकेको छैन। यसमा तत्काल सरकारले प्रस्ट धारणा जनतासमक्ष ल्याउनुपर्छ। 

लाखौं उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार कुनै अमुक उद्योगलाई छैन। विषयको संवेदनशिलता अनुसार दोषीमाथि कारबाही हुनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रशोधित दूधमा कोलिफर्मको उपस्थिति बर्जित भए पनि त्यसबाट त्यति आत्तिहाल्नु नपर्ने चिकित्सकहरू नै बताउँछन्। उमालेर उपभोग गरेको खण्डमा कोलिफर्म नष्ट हुन सक्छ। त्यसमाथि हाम्रा गाई-भैंसी पालनको शैली र गाउँगाउँबाट उठाइने दूध पूर्णरुपमा सफा र गुणस्तरीय हुन्छ भन्ने अवस्था छैन। 

कसरी दूधमा 'कोलिफर्म' मिसिन आइपुग्छ भन्ने अध्ययन र त्यसमा अपनाउनुपर्ने सुधारका विषयमा एकरति चर्चा नगरी 'सबै दूधमा कोलिफर्म भेटियो र यी खान योग्य छैनन्' भनेर जनमानसमा अत्यास निम्त्याउनु हुँदैन।

अब सरकारले डेरी उद्योगको गुणस्तर सुधारमा ध्यान दिनुपर्छ। यससम्बन्धी कार्यजिम्मेवारी पाएको विभागले बजार अनुगमनलाई तीव्रता दिन जरुरी छ। औंशी-पूर्णेमा हुने अनुगमन, तीललाई पहाड बनाउने समाचार शैली र सुधार नगरी छोडिदिने सरकारी पाराले यो समस्या कहिल्यै समाधान हुनेवाला छैन।

यससँगै अहिले व्यवसायीले स्वदेशी उद्योगलाई धरासायी बनाएर जस्केलोबाट अमुक विदेशी कम्पनीलाई भित्र्याउन खोजेको आरोप लगाएका छन्। कानुनले दूधमा विदेशी लगानीलाई बर्जित गरेको छ। तर, यदि व्यवसायीले आरोप लगाएझैं स्वदेशी डेरीलाई बदनाम गराएर त्यसैको दाउमा विदेशी कम्पनी भित्र्याउन लागिएको हो भने यसले मुलुकका लागि किमार्थ राम्रो गर्नेछैन।

सरकारले नै तीन वर्षभित्र दूधमा आत्मनिर्भर हुने घोषणा गरेको छ। दूधमा आत्मनिर्भरतातर्फ अघि बढिरहेको स्थितिमा सरकारले स्वदेशी उद्योगलाई धरासायी बनाउनुको मूल्य निकै ठूलो हुनेछ। यदि यसो भए दशौं हजार किसानसहित यस क्षेत्रमा कार्यरत लाखौंको रोजीरोटी गुम्ने अवस्था आउनेछ। 

यसर्थ सरकारले सर्वप्रथम डेरी उद्योगलाई गुणस्तर सुधार गर्न बाध्य पार्नुपर्छ भने उपभोक्तामा रहेको भ्रमलाई पनि चिर्नु आवश्यक छ। यससँगै अहिलेका लागि विकल्प भनेको डेरी उद्योगको सुधार नै हो भन्नेतिर यथोचित ध्यान दिनुपर्छ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०७५  १५:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई निगरानी, कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन मन्त्रालयको विद्यालय शिक्षा शाखाले सोमबार ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै राजनीतिक दलका कार्यक्रममा स... मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी महासभामा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले महासभामा पर्सी सम्बोधन गर्ने भएका छन् । आज प्रधानमन्त्री वालेन प्रस्थान गरेका छन् । उ... मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा सम्भावित जोखिमबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ जल तथा मौसम विज्ञ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्