काठमाडौं– भाद्र १ बाट प्रदर्शनको तयारीमा रहेकोे फिल्म ‘ब्ल्याक’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै निमार्ण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलरमा आकाश श्रेष्ठ र आँचल शर्माबीचको प्रेममा आउने उतारचढावलाई देखाइएको छ। फिल्ममा आकाश र आँचलको प्रेम सम्बन्धमा आयुष रिजाल खलनायकका रुपमा देखिएका छन्।
प्रदिप श्रेष्ठको निर्देशन रहेको फिल्ममा सुन्दर श्रेष्ठ, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाललगायतको अभिनय रहेको छ।
आश्मा पाण्डेको निर्माण, अर्जुन जिसीको सम्पादन तथा रामशरण उप्रेतीको छायांकन रहको फिल्म ‘ब्ल्याक’मा मौनता श्रेष्ठको कथा लेखन रहको छ।
ट्रेलर:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।