काठमाडौं– भिड नियन्त्रणका लागि नेपाल प्रहरीले तीन वटा ‘वाटर क्यानन’ किन्ने भएको छ। वाटर क्यानन खरिदको प्रक्रिया अघि बढिसकेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिहिबार आयोजित पत्रकार सम्मेलनमा जनाएका छन्।
भिड नियन्त्रणका लागि वाटर क्यानन अत्याबश्यक भएकाले आफु महानिरीक्षकमा नियुक्त भएलगत्तै थप खरिदका लागि प्रक्रिया अघि बढाइएको उनले बताए।
हाल नेपाल प्रहरीसँग एउटा मात्र वाटर क्यानन छ। पानीको फोहोरामार्फत भिड नियन्त्रणका लागि वाटर क्यानन प्रयोग गरीन्छ। अश्रग्यास प्रहार गर्दा घाइते र बिरामी हुनसक्ने भएकाले भिड नियन्त्रणका लागि वाटर क्यानन प्रभावकारही मानिन्छ।
पत्रकार सम्मेलनमा आइजिपी खनालले आफ्ना योजना सुनाएका थिए। कतिपय कार्यालयमा शौचालय समेत नभएकाले सबै प्रहरी कार्यालयमा यो वर्ष शौचालय निर्माण गरिने बताए। साथै प्रहरीलाई फिट राख्न सबै जिल्लामा फिटनेस सेन्टर पनि स्थापना गर्न लागिएको छ।
विगतमा प्रहरीको करोडौं बजेट फ्रिज हुने समस्या रहेकोमा अबदेखि त्यस्तो नहुने उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।