हनोर्इ– भियतनामको उत्तरी भागमा पर्ने पहाडी इलाकामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ।
यस प्रकोपमा परी थप ९ जना अझै बेपत्ता रहेका यहाँको राष्ट्रिय प्रकोप नियन्त्रण विभागले बिहीबार जानकारी दिएको छ।
भियतनामको ३ वटा प्रान्तमा आएको बाढी र पहिरोमा परी ती व्यक्तिको मृत्यु भएको र बेपत्ता भएका सो विभागले बताएको हो।
एक सातायता भियतनाममा भारी वर्षापछि आएको बाढी र पहिरोको कारण २१ करोड अमेरिकी डलर बराबरको नोक्सानी भएको सरकारी स्रोतले जानकारी दिएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।