काठमाडौं– अभिनेत्री आँचल शर्माले फिल्ममा 'सोलो' भूमिकामा मात्र अभिनय गर्ने इच्छा व्यक्त गरेकी छिन्। उनले अभिनय गरेकाे र प्रदर्शनमा आउन लागेको फिल्म 'ब्ल्याक'को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै आँचलले यस्तो बताएकी हुन्।
'शत्रुगते'पछि उनी अभिनित फिल्म 'ब्ल्याक' प्रदर्शनको तयारीमा छ। मल्टी स्टारर फिल्म 'शत्रुगते'मा आँचल सोचे जति नोटिस हुन नसकेकाे बताइन्छ। अन्य कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दिपाश्री निरौला, दिपकराज गिरीजस्ता कलकारहरुको प्रधानताले आँचल र अभिनेता पल शाहको अभिनयले फिल्ममा प्रभावपूर्ण स्थान जमाउन सकेन।
यसै सन्दर्भमा फिल्म 'ब्ल्याक'काे ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित आँचलले भनिन्,‘शत्रुगतेमा वरिष्ठ कलाकारहरुसँग काम गर्ने मौका पाएँ, त्यो मेरा लागि सामान्य विषय होइन तर धेरै कलाकारसँग काम गर्दा दर्शकमाझ नोटिस हुन गाह्रो हुनेरहेछ। त्यसैले अब भने सोलो भुमिकामा मात्र अभिनय गर्ने सोचेकी छु।’
फिल्म 'ब्ल्याक' भने आँउदो भात्र १ गते बाट प्रर्दशनमा आउँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।