ललितपुर– नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले मुलुकको समृद्धिका लागि सबै समूदायलाई परिचालन गर्न सरकारलाई सुझाव दिएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सबै समुदायको संयुक्त पहलमा मात्रै मुलुकलाई शान्त र समृद्ध बनाउन सकिने बताएका हुन्। बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले समृद्धिका लागि उत्पादनमा जोड दिनुपर्ने पनि धारणा राखे। विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्त भएको पूर्व प्रधानमन्त्री भट्टराईको भनाइ छ।
नेता भट्टराईले नेपाल आर्थिक विकासमा केन्द्रित भएको उल्लेख गर्दै त्यसका लागि उत्पादन वृद्धि र सेवा क्षेत्रहरुको विस्तारमा लाग्नुपर्ने खाँचो औंल्याए।
पूर्व प्रधानमन्त्री भट्टराईले नेपालले पूर्वाधार विकास, उर्जा क्षेत्रको विकास र कृषिमा आधुनिकीकरण गरेर समृद्धि हासिल गर्नसक्ने तर्क गरे। विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्त भएको पूर्व प्रधानमन्त्री भट्टराईको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।