जकार्ता– एसियाली खेलकूदमा उत्तर र दक्षिण कोरियाले केही खेलमा संयुक्त टोली बनाउने भएका आयोजकले जनाएको छ।
राजधानी जकार्तामा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक राष्ट्र इन्डोनेसियाको एसियन गेम समूहले सो जानकारी दिएको हो।
एसियन गेम आगामी अगष्ट १८ देखि २ सेप्टेम्बरसम्म इन्डोनेसियामा आयोजना हुँदैछ। सो खेलकूदका तीन खेल क्यानोइङि, रोइङ र बास्केटबलमा दुवै कोरियाले संयुक्त टिम निर्माण गर्न लागेका बताइएको हो।
यसका साथै उक्त गेमको उद्घाटन र समापनका लागि आयोजना गरिने समारोहहरुमा पनि दुई देशले संयुक्त रुपमा मार्च गर्ने बताइएको छ।
विगतका साढे ६ दशकदेखि सत्रुतापूर्ण सम्बन्ध रही आएका यी दुई देश पछिल्लो समय नजिकिएका छन्। यसकारण पनि विश्वलाई सकारात्मक सन्देश दिन यस्तो निर्णय गरिएको हुनसक्ने बताइएको छ।
तर यी दुई देशका तर्फबाट भने हालसम्म औपचारिक जानकारी गराइएको छैन। रासस÷एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।