काठमाडौं– वरिष्ठ फिल्म निर्देशक किशोर रानाको सहयोगार्थ सुमधुर साँझकाे आयोजना हुने भएको छ। केही समय अघि फिल्म 'परिवर्तन'को सुटिङका क्रममा उनको स्वास्थ्य अवस्थामा समस्या देखिएको थियो। उपचारका क्रममा दुवै मिर्गौलामा समस्या देखिएपछि उनको उपचारको सहयोगार्थ उक्त सुमधुर साँझ आयोजना गर्न लागिएको हो।
सुमधुर साँझ आउँदो असार १८ गते शनिबार टुँडिखेलस्थित आर्मी अफिसर्स क्लबमा हुँदै छ। उक्त सुमधुर साँझमा दीप श्रेष्ठ, संगीता राना प्रधान, कुन्ती मोक्तान, बिमला राई, मिथिला शर्मा, एड्रियन प्रधान, विश्व नेपाली, सुनिता प्रधान, उदेश श्रेष्ठ, बानिका प्रधान, सबिना कार्की, सपन श्रेष्ठ, अर्पना श्रेष्ठ, सिमा शाह लगायतले आ–आफ्नो प्रस्तुति दिनेछन्।
घुम्टो, राँको, कान्छी, सिमारेखा, एक नम्वरको पाखे, बन्धकी, करोडपति लगायत १८ बढी फिल्म निर्देशन गरिएसकेका राना बलिउडमा समेत काम गरेका व्यक्ति हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।