एजेन्सी– सलमान खान र प्रियंका चोपडाको मुख्य अभिनयमा बन्न लागेको फिल्म 'भारत'मा प्रियंका फरक-फरक ५ लुक्समा देखिने भएकी छन्। फिल्मका निर्देशक अली अब्बास जफरका अनुसार फिल्ममा प्रियंका ५ फरक लुक्समा देखिने छिन्।
उमेरले ३५ पुगीसकेकी प्रियंकालाई फिल्ममा २८ वर्ष देखि ६० वर्ष उमेरसम्मकाे महिलाका रुपमा देखाइने छ। त्यस्तै अभिनेता सलमान पनि फिल्ममा विभिन्न लुक्समा देखिने छन्। उमेरले ५० नाघेका सलमान २५ वर्षे जवान देखि ६५ वर्ष सम्मको बृद्धकाे भूमिकामा दर्शकले देख्न पाउनेछन्।
फिल्ममा दुवै कलाकारलाई कम उमेरको देखाउनका लागि 'एज रिडक्सन' प्रविधिको प्रगोग गरिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
सन् १९४७ देखी २०१० सम्मको भारतको कथा वस्तुनै फिल्मको मुख्य विषय हो। यही जुलाई महिनाबाट करिब ६ महिनासम्ममा फिल्मकाे छायांकन सक्ने निर्माण पक्षाकाे याेजना छ।
फिल्म २०१९ जुन ५ तारिख प्रर्दशनमा आउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।