काठमाडौं- सेगवे-नाइनबोटले इलेक्ट्रिक स्कुटर सेगवे ई-१०० नेपालमा सार्वजनिक गरेको छ। छोटो दूरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध यस कम्पनीले आज उक्त स्कुटर सार्वजनिक गरेको हो।
सन् २००१ देखि यो कम्पनी दुई पांग्रे सेल्फ-ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीहरुको उत्पादनको लागि प्रख्यात छ।
सेगवेले सन् १९९९ देखि रोबोटिक प्रविधिमा प्रवेश गरेता पनि, विगतका वर्षहरुमा प्राविधिक विकासमा फड्को मारेको छ। विशेषगरी बम डिस्पोजल रोबोट, पर्सनल रोबोट, डेलिभरी रोबोट आदिमा फड्को मारेको हो। नाइनबटसँग रणनीतिक सहकार्यपछि सेगवे आफूलाई यस यस विधामा उत्कृष्ट प्रमाणित गर्दै आएको छ।
सेगवे नाइनबोटको लागि नेपालमा आइ हब प्रालि आधिकारिक आयातकर्ता र वितरक कम्पनी हो। आइ हब प्रालिका निर्देशक लोकेश ओलीले नेपालमा प्रख्यात ब्रान्ड सेगवेलाई विद्युतीय सवारीसाधनका साथ स्वच्छ र सुरक्षित पर्यायवरण प्रवर्द्धन गर्ने उद्देश्यले आयात गरेको बताए।
विश्वव्यापी रुपमा लोकप्रिय र उच्च बिक्री हुने ई-स्कुटर ब्रान्ड सेगवे ई-१०० माघको तेस्रो हप्तादेखि नेपाली बजारमा उत्पादक वारेन्टीका साथ उपलब्ध हुने कम्पनीले जनाएको छ। 'आइ हब प्रालिले निकट भविष्यमा नेपाली बजारका लागि सेगवे ई-स्कुटरका अन्य मोडलहरु पनि ल्याउनेछ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।