पोखरा- पोखरा महानगरपालिका-५ मालेपाटनमा ३ वटा सवारी साधन आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ।
बुधबार बेलुकी साढे ७ बजे ग१ख २८९६ नम्बरको पानी ट्याङकर ध १ प ५०२१ नम्बरको मोटरसाइकल र ग ४ प ८७३८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो। दुर्घटनामा ध१प ५०२१ नम्बरको मोटरसाइकल चालक म्याग्दी बरन्जा-१ का २४ बर्षीय धनबहादुर छन्त्याल र सोही मोटरसाइकलमा पछाडि सवार म्याग्दी दाना-७ की २५ वर्षीया बिन्द्रा थापाको मृत्यु भएको हो।
गम्भीर घाइते भएका धनबहादुरको उपचारको क्रममा मणिपाल अस्पतालमा आज बिहान ५ बजे र बिन्द्राको भने हिजै अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।