मस्को- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका समकक्षी भ्लादिमिर पुटिनले तेस्रो मुलुकमा गएर शिखर वार्ता गर्न सहमति जनाएका छन्।
उनीहरूले तेस्रो मुलुकमा भेट्ने सहमति भए पनि मिति भने घोषणा हुन बाँकी रहेको रुसका प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले बुधबार जनाएको छ।
'तेस्रो मुलुकमा गएर उहाँहरूले गर्ने शिखर वार्ताको मिति र स्थानसमेत तय भइसकेको छ, तर त्यसको औपचारिक घोषणा भने दुवै देशका प्रतिनिधिसँगै रहेर गर्नेछौँ,' रुसको राष्ट्रपतिका सहयोगी युरी उशाकोभले भने।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।