बाजुरा- त्रिवेणी नगरपालिका पीपलसैनमा भएको जिप दुर्घटनामा परी त्रिवेणी नगरपालिका– १ का वडाध्यक्षसहित दुई जनाको मृत्यु भएको छ।
बूढीगंगा नगरपालिकाको बाम्का बजारबाट छतारा जाँदै गरेको से १ ज ९९९ नं को जिप बुधबार साँँझ दुर्घटनामा परेको हो। दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन्।
मृत्यु हुनेमा त्रिवेणी–१ का वडाध्यक्ष खम्म नेपाली र त्रिवेणी नगरपालिका–३ बस्ने एक महिला रहेका छन्।
जिप सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। दुर्घटनामा परी त्रिवेणी नगरपालिका–३ का वीरबहादुर शाही, भीम नेपाली, रुपेन्द्र शाही, धनश्याम बुढा र जिप चालक चन्द्रमणि गम्भीर घाइते भएका छन्।
मृतक वडाध्यक्ष नेपाली नेपाली कांग्रेसको तर्फबाट विजयी भएका हुन्। चिप्लो र उकालो सडक भएकाले जिप पछाडि चिप्लिएर दुर्घटना भएको हुने सक्ने अनुमान गरिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।