बैंकक- अविरल वर्षा र बाढीका कारण उत्तरी थाइल्याण्डको एक खोला किनारमा फसिरहेका बालबालिकालाई बुधबार पनि निकाल्न सकिएको छैन। उनीहरु गएको शनिबारदेखि खोला किनारभन्दा केहीमाथि रहेको गुफामा फसेका छन्। फुटबल खेल्न गएका १२ जना बालबालिका भारी वर्षाका कारण खोला बढेपछि घर फर्किन सकेका छैनन्।
निकै अप्ठेरो ठाउँमा उनीहरु फसिरहेका छन्। उनीहरुको उद्धार कार्य जारी नै रहेको भए पनि अविरल वाढीका कारण यो सम्भव हुन सकिरहेको छैन। उद्धार कार्य बुधबार पनि जारी रहेको अधिकारीहरु बताउँछन्।
अर्काे गाउँमा फुटबल हेर्न पुगेका ती बालबालिका साँझ घर फर्किने बेलामा घनघोर वर्षा भएपछि रोकिएका थिए। त्यसपछि उनीहरु एक गुफामा छिरेका स्थानीय अधिकारीहरुको भनाइ छ।
फसेका ती बालबालिकाको उमेर ११ देखि १६ वर्षको भएको बताइएको छ। उनीहरुलाई डुङ्गाको सहायताले खानेकुराहरु दिइएको छ।
बुधबार बिहान पनि सयौँ स्थानीय र ती बालबालिकाका आफन्तले वर्षा र बाढी घट्ने प्रतिक्षा गरेर त्यो गुफाको परिपट्टि पुगेर प्रार्थना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।