काठमाडौं- सर्वोच्च अदालतले दुवै हातखुट्टा अथवा आँखा नभएका व्यक्तिलाई पर्वतारोहणमा अनुमति नदिने नेपाल पर्वतारोहण संघको नियमावली असंवैधानिक रहेको आदेश दिएको छ।
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा, र केदारप्रसाद चालिसेको बुधबार बसेको संवैधानिक इजजासले दुवै हातखुट्टा अथवा आँखा नभएका व्यक्तिलाई पर्वतारोहणमा अनुमति नदिने नेपाल पर्वतारोहन संघको नियमावली असंवैधानिक रहेको आदेश दिएको हो।
संवैधानिक इजलासमा रिट निवेदक माधवप्रसाद चौलागाईँले संघको नियमावलीमा गरिएको सो व्यवस्था असंवैधानिक घोषित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले संघको सो नियमावली संविधानमा व्यवस्था गरिएको समानताको हक र सामाजिक न्यायको हकविरुद्ध रहेको निष्कर्ष निकाल्दै असंवैधानिक घोषित गरी दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए।
रिट निवेदक चौंलागाईँले संघको नियमावलीका कतिपय व्यवस्था संविधानविपरीत रहेकाले त्यसलाई असंवैधानिक घोषित गर्न माग गर्दै रिट दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।