रसुवा- रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको नाम परिवर्तन हुने भएको छ।
तेस्रो गाउँसभाले गोसाइँकुण्ड गाउँपालिकाको नाम परिवर्तन गरी 'गोसाइँकुण्ड लाङटाङ' नाम राख्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले बताए। स्थानीय तह पुनर्संरचनाका गाउँपालिकाको नाम गोसाइँकुण्ड राखिएको थियो।
गाउँसभाले नाम परिवर्तन गरेको निर्णयसहितको सिफारिस सम्बन्धित निकायमा पठाइने बताइएको छ। गाउँसभाको निर्णय र सिफारिसका आधारमा सरकारले नाम परिवर्तन गरी राजपत्रमा प्रकाशित गरेपछि मात्र लागू हुने व्यवस्था रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।