काठमाडौं– फिल्म ‘मायाङ्क’ निर्माणको घोषणा भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको निर्माण घोषणा गरिएको हो। सांगीतिक प्रेमकथामा बन्न लागेको फिल्मलाई रोमी मानन्धरले निर्देशन गर्नेछिन्। उनको यो पहिलो निर्देशन हुनेछ।
फिल्ममा डेब्यु नायक सुशील उप्रेतीसँगै ज्योत्साना योगी, प्रशान्त ताम्राकार लगायतका कलाकारको भूमिका रहनेछ। फिल्मका लागि अन्य केही कलाकारको नाम भने फिल्मको कथा अनुसार गोप्य राखिएको निर्माण पक्षले कार्यक्रममा बताएको छ।
फिल्मकी निर्देशक रोमीले 'मिठो प्रेमकथामा फिल्म बन्न लागेको' बताइन्।
फिल्मको भदौ दोस्रो साताबाट छायांकन हुनेछ। आउँदो माघमा फ्लिम प्रदर्शनको लक्ष्य राखिएको निर्देशक रोमीले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।