• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सांसदहरुको प्रश्नको जवाफ दिँदै उद्योगमन्त्री यादवले भने- पुरानो थेगो बदलौं, सियो अहिले नेपालमै बन्छ

64x64
नेपाल लाइभ बुधबार, असार १३, २०७५  १२:१९
1140x725

काठमाडौं- उद्योग तथा आपूर्तिमन्त्री मातृका यादवले उखु किसानलाई भुक्तानी नदिने चिनी उद्योगहरुलाई अब उन्मुक्ति नदिने बताएका छन्। 

मन्त्रालयको बजेट विनियोजनमाथिको छलफलमा सांसदहरुले सोधेको प्रश्नमा जवाफ दिँदै मन्त्री यादवले नेपालमा विगतमा सार्वजनिक उद्योगहरु निजीकरण गर्ने कार्यबारे अनुसन्धान भइरहेको बताए। 

यस्ता छन् प्रश्न र उत्तर:

प्रेम सुवाल 
विगतमा स्थापना भएको सार्वजनिक संस्थानहरु निजीकरण गर्ने नाममा डुबाउने काम भयो, उक्त कार्यमा संलग्नहरुलाई कारबाही गर्नुपर्छ कि पर्दैन? कालाबजारी र सीमामा तस्करी गर्नेहरुलाई किन कारबाही भएन? पेट्रोलियम पदार्थ चीन, बंगलादेश लगायत मुलुकबाट ल्याउन विकल्प किन खोजी भएन?  

देवप्रसाद तिमल्सिना 
सात वटै प्रदेशमा उद्योग स्थापना हुने कुरा आयो। त्यसमध्ये २ नम्बर प्रदेशको रौतहटमा उद्योग स्थापना कहिले हुन्छ? उखु किसानहरुले चिनी उद्योगबाट उखुको भुक्तानी नपाउँदा दैनिक गुजारा चलाउने उनीहरु समस्यामा परिरहेका छन्। किसानले अहिलेसम्म भुक्तानी किन पाएका छैनन्? 

रामबहादुर विष्ट 
असिनाले अछाममा बालीनाली नोक्सान भएपछि भोकमरी सुरु हुन थालेको छ। त्यहाँ खाद्य डिपो राख्न सकिँदैन? ७ नम्बर प्रदेशको कुन स्थानमा उद्योग स्थापना गर्ने तयारी छ? 

दिव्यराजमणि भण्डारी 
बजेटमा विदेशी उद्योगीलाई सुविधा दिने भनिएको छ, तर नेपालीहरुका लागि सुविधा दिनेतिर सरकारको ध्यान किन गएन? नेपाली उद्योगीहरुलाई प्रोत्साहन दिन सरकारको नीति के छ? 

गंगा चौधरी सत्गौवा 
हाल स्थापना भएका कलकारखानाहरु मापदण्ड अनुरुप छन् कि छैनन्? सञ्चालनमा रहेका उद्योगहरुको अनुगमन कत्तिको नियमित रुपमा भइरहेको छ? छैन भने किन छैन? बन्द भएका उद्योगहरु सञ्चालन गर्ने सरकारको नीति के छ? 

Ncell 2
Ncell 2
nimb
nimb

उद्योग मन्त्री मातृका यादवको जवाफ: 

निजीकरण भएका संस्थान फेल भएको कुरा सार्वजनिक भएकै तथ्य हो।  नेपालमा २०४६ पछि आएको एउटा 'स्कुल अफ थट'ले सार्वजनिक उद्योग फेल गराई कमिसनका लागि बेच्ने कार्य भएको सबैलाई थाहा छ। निजीकरण गरिएका ती उद्योगहरुबारे अनुसन्धान गरी आवश्यक कदम चालिन्छ। 

अहिले पनि साइनबोर्ड मात्र सजाइएका कतिपय उद्योगहरु छन्। उनीहरुले बाहिरबाट समान ल्याएर नेपाली ट्याग लगाएर बेच्ने गरेको मैले पाएको छु। यस सम्बन्धमा हामी अनुसन्धान गरिरहेका छौं। हामी बजारमा अध्ययन-अनुसन्धानकै क्रममा छौं। 

सियो अहिले नेपालमै उत्पादन हुन्छ। यहाँ आँखाको लेन्स पनि उत्पादन भइरहेको छ। नेपालमा केही बन्दैन भन्ने पुरानो थेगो परिवर्तन गर्ने समय आइसकेको छ। 

रौतहटमा औद्योगिक क्षेत्र राख्ने हाम्रो सोच छ र त्यसको हामी अध्ययन गरिरहेका छौं। 

चिनी मिलले भुक्तानी गर्नुपर्ने उखुको रकमबारे विचित्र अवस्था छ। यो सरकार बनेपछि गृह मन्त्रालयको सहयोगमा ठगी मुद्दा चलाउने घोषणा गरेपछि केही उद्योगले किसानलाई भुक्तानी गरेका थिए। तर, केही समयपछि नै त्यो क्रम बन्द भयो। 

सात दिनको म्याद राखेर गृह मन्त्रालयले उखु मिल रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको थियो। सात दिनको अवधि भर्खर पूरा भएकाले अब कारबाही सुरु हुन्छ। किसानको पैसा नदिने उद्योगीहरुलाई कारबाही हुन्छ, म वाचा गर्छु। 

बजार अनुगमन भएन भन्ने गुनासो आएको छ। सरकार यसमा  निरन्तर काम गरिरहेको छ। 

हाम्रो अनुगमनको प्रणाली नै गलत छ। जो संलग्न छ, उसैको भनाइमा आधारित हुँदै अनुगमन गर्ने काम हुँदै आएको छ। त्यसैले यसलाई परिवर्ततन गर्दै कडाइका साथ अनुगमन गरिरहेका छौं। गलत काम गरेर पक्राउ परे पनि उद्योगीलाई दुःख दिएका छन् भन्ने सार्वजनिक अभिव्यक्त आउन थालेको छ। तर, उनीहरुले आफूले गरेको कमजोरी स्वीकार गरेका छैनन्। सबैको सहयोग पाएमा गलत काम गर्नेलाई कारबाहीको दायरामा ल्याएरै छाड्नेछु।

उद्योग विभागमा उद्योगहरु दर्ता भए पनि कुन चलेको छ, कुन छैन भन्ने विवरण राख्ने कार्य यसअघि भएको देखिएन। यसमा विगतका सरकारले केही काम नगर्दा अहिले समस्या भइरहेको छ। 

प्रकाशित मिति: बुधबार, असार १३, २०७५  १२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] न्यौपानेले समयावधि बाँकी रहे पनि क्युरेक्स फर्मासिटिकल्सबाट उत्पादित औषधिको गुणस्तर नरहेकोबारे प्रश्न उठाउन खोजेका थिए। मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? सामान्यतया विदेश भ्रमणमा निस्कँदा शुभकामना, उपहार वा आवश्यक सामग्री दिने चलन हुन्छ। तर, प्रधानमन्त्री शाहको यसपटकको गन्तव्य र वाग्ले... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्