काठमाडौं– हुन्डीको कारोबार आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
तारकेश्वर घर भएका ७२ वर्षिय बालकृष्ण भण्डारीलाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनीबाट २० लाख नगद बारमद भएको प्रहरीले जनाएको छ। उनले सो पैसाको स्रोत खुलाउन सकेका छैनन्। झोलामा २० लाख बोकेर हिडेको अवस्थामा उनी नयाँबजारबाट पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।