काठमाडौं – प्रदीप खड्का अभिनित फिल्म ‘रोजी’को टिजर सार्वजनिक भएको छ। उक्त टिजर फेसबुकमार्फत सार्वजनिक भएको हो। सार्वजनिक टिजरमा प्रदीपले आफ्नी प्रेमिका रोजी (परमिता आरएल राणा) माथि ३ गोली प्रहार गरी हत्या गरिएको दृश्य देखाइएको छ।
टिजरको अन्त्यमा अभिनेता प्रदीप खड्काको एक संवाद पनि राखिएको छ, ‘मैले उसलाई मारेको होइन, मुक्ति दिएको हुँ, मलाई ऊबाट र उसलाई यो संसारबाट।’ फिल्म ‘रोजी’ ललितपुरकी रोजी महर्जनको हत्या काण्डमाथि आधारित रहेको चर्चा भएसँगै रोजीका परिवारले फिल्म नबनाउन निर्माण युनिटसँग आग्रह गर्दै आएको थियो। निर्माण पक्षले भने रोजी र उनको हत्या प्रकरणसँग फिल्म सम्बन्धित नभएको बताउँदै आएको छ।
अन्तिम चरणको छायांकन भइरहेको फिल्ममा प्रदीप, परमितासँगै कर्मा शाक्य, मिरुना मगर, पल्पसा डंगोल लगायतका कलाकारको अभिनय छ। निरक पौडेलले फिल्म निर्देशन गरेका हुन्।भिडियाे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।