काठमाडौं – छैठौं राष्ट्रिय लोक दोहोरी गीत अवार्डका लागि फारम खुल्ला भएको छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा आउँदो असोजमा सम्पन्न हुने ‘छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७५’का लागी फारम खुल्ला गरिएको हो ।
फारम भर्न इच्छुक कलाकर्मीहरुका लागि राजधानीका बिभिन्न ठाउँमा फारम उपलब्ध गराइने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति, काठमाडौंका अध्यक्ष पिएन सापकोटाले जानकारी दिए ।
पछिल्लो समय बिभिन्न अवार्डहरुको आयोजना हुँदै गर्दा लोक तथा दोहोरी गीत बिधालाई पनि थप सक्रिय पार्न र यस विधामा आबद्ध कलाकारहरुलाई प्रोत्साहनका लागी अवार्ड आयोजना गर्दै आएको अध्यक्ष सापकोटाले बताए ।
नेपाली कलक्षेत्रमा वितरण हुनेगरेका अवार्ड र यसमा देखिएका विक्रीतिहरुमाथी बोल्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष बद्री पंगेनीले अन्य अवार्डमा जस्तो यस अवार्ड किनबेच नहुने जानकारी गराए । उनले भने ‘अन्य अवार्डमा के हुन्छन् त्यो हामी जान्दैनौं र सरोकार पनि राख्दैनौं तर यो अवार्डमा यदि कसैले पैसा लिएर अवार्ड बेचेको किनेको थाहा पाउनुभएछ भने प्रमाण देखाउनुहोला, अवार्ड नै बहिष्कार गर्नेछौं’ । यस्तै उनले बिगत ६ बर्षदेखी आयोजना हुँदै आएको अवार्ड अहिलेसम्म कुनैपनि बिवादमा नपरेको बताए ।
यस अवार्डमा ५ वटा सम्मानका बिधा सहित २१ बिधालाई समावेश गरिने छ । लोक तथा दोहोरीगीतको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनको निम्ति अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने नाराको साथमा बिगत २०६९ सालबाट आयोजना हुँदै आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।