काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूत नियुक्ति र स्थायी प्रतिनिधि नियुक्त गर्ने मापदण्ड अन्तिम अवस्थामा रहेको बताएका छन्।
हाल कर्मचारीबाट ५० र बाँकी विशिष्ट व्यक्तिहरुबाट राजदूत नियक्ति हुने गरेको भन्दै उनले अब यसलाई निश्चित मापदण्डमा ल्याइने जानकारी गराए।
प्रतिनिधिसभामा उठेको प्रश्नहरुको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले अब राजनीतिक भागबण्डाको आधारमा राजदूत नियुक्त नहुने स्पष्ट पारेका छन्। देशको स्थायी प्रतिनिधि राजदूत भएकाले उनीहरुको नियुक्ति गर्दा योग्य र सक्षम व्यक्ति गर्न उपयुक्त हुने भन्दै उनले त्यसमा आफू गम्भीर रहेको बताए।
मन्त्रालयले सर्वोच्च अदालतको आदेश अनुसार राजदूत नियुक्ति सम्बन्धी मापदण्डको मस्यौदा अन्तिम चरणमा पुर्याएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले केही समयमा यसलाई सार्वजनिक छलफलमा ल्याउने बताए। उक्त मापदण्ड निर्माण भइसनसकेको भए पनि रिक्त देशहरुमा न्यायाधीश नियुक्ति प्रक्रिया सुरु हुने उनले बताए।
प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणका बारेमा समेत जानकारी गराए। भारतसँग भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनमा रहेका कामहरुको पनि सदनमा उनले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।