एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सेप्टेम्बरमा लगाएको मुस्लिम राष्ट्रमाथिको प्रतिबन्ध घोषणालाई सर्वोच्च अदालतले अनुमति दिएको छ।
ट्रम्पले उत्तर कोरिया र भेनेजुएलासहित इरान, लिबिया, सोमालिया, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने बताएका थिए। विश्व समुदायबाट यसको विरोध हुँदै आए पनि मंगलबार न्यायाधीशले ट्रम्पको पक्षमा फैसला गरेका हुन्। यो निर्णसँगै ट्रम्पले खुसी हुँदै ट्विट गरेका छन्।
मुख्य न्यायाधीश जोन रोबर्टसले फैसला लेख्दै ट्रम्पले कुनै धर्मलाई लक्षित नगरी आप्रवासनमा आउन सक्ने समस्यालाई कडाइका साथ लिएको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।