विराटनगर– मोरङको सुन्दरहरैंचा नगरपालिका ५ बाट प्रहरीले अवैध ढुंगा, गिट्टी, बालुवा ओसारपसारमा संलग्न ५ वटा सवारीसाधनलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको छ।
को १ ख ६३०७ र को १ ख ६३०८ नम्बरका टिपर तथा को २ त ६४००, ना ६ त १८४८ र को १ त ८७३० नम्बरका ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरी चौकी गछियाले जनाएको छ।
आवश्यक कागजपत्र र प्रक्रिया पूरा नगरी नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न भएको पाइएपछि ती सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।नियन्त्रणमा लिइएका सबै सवारीसाधन जिल्ला समन्वय समितिको कार्यालयमा जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।