विराटनगर– मोरङको रंगेली र धनपालथानबाट भारततर्फ तस्करी हुँदै गरेका २७ थान पशुचौपाया प्रहरीले नियन्त्रण लिएको छ। रंगेली नगरपालिका ३ बेतौना र धनपालथान गाउँपालिका १ नोचा र वडा नं २ भवानीपुरबाट पशुचौपाया नियन्त्रणमा लिइएको हो।
भारततर्फ तस्करी हुँदै गरेको २३ वटा गोरु र २ वटा गाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। प्रहरी चौकी गडेरिया, प्रहरी चौकी अमाहीवरियाती र अस्थायी प्रहरी चौकी बेतौनाको गस्ती टोलीले ती पशुचौपाया नियन्त्रण लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।