• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

रात्रिकालीन मनोरन्जन व्यवसायका दु:ख : युवती भन्छन्– श्रमसँगै हुन्छ शारीरिक शोषण

64x64
नेपाल लाइभ बुधबार, असार १३, २०७५  ०२:५५
1140x725

काठमाडौं- रात्रिकालीन मनोरन्जन व्यवसायबाट धेरै युवायुवतीले रोजगारी पाए पनि उनीहरु सन्तुष्ट छैनन्। कतिपय अवस्थामा मालिकबाटै ठगिइरहेका छन् भने धेरैजसो ग्राहकको शारीरिक शोषणमा।

धरानकी सुनिता काठमाडौंका रेस्टुरेन्ट तथा डान्सबारमा ३ वर्षदेखि संलग्न छिन्। डान्स गरेबापत उनी महिनामा १५ देखि २१ हजारसम्म कमाउँछिन्। उनले रोजगारी त पाएकी छन् तर सम्मान छैन। भन्छिन्, 'युवतीहरुमाथि उल्टै शोषण हुने गरेको छ।'

लोकदोहोरी, डान्सबार, रोदी क्लबमा आबद्ध अधिकांश युवती श्रम शोषणमा पर्ने गरेका हुन्।

'यहाँ देखाउने अनुहार एउटा हुन्छ, गर्ने व्यवहार अर्कै,’ सुनिता भन्छिन्, 'काम र रुप भएसम्म रात्रिकालीन मनोरन्जनमा काम पाइन्छ। त्यसपछि के गर्ने हामी नै अन्योलमा पर्छौं।'

साथी नेपालको अध्ययन अनुसार पूर्ण मनोरन्जन गर्न आउने व्यक्तिले कम्तीमा ४० हजारदेखि १ लाखसम्म खर्चिने गरेका छन्। मनोरन्जन क्षेत्र र यसमा संलग्न युवतीलाई आधार बनाएर अध्ययन गर्दा धेरैजसो ग्रामीण भेगका युवतीले काम गर्ने गरेको साथी नेपालकी उमा लिम्बुले बताइन्। यो क्षेत्रमा काम धेरै युवती असुरक्षित हुने गरेको समेत उनको भनाइ छ।  

ठमेलको एक डान्सबारमा डान्स गर्ने सवित्रीले भने ग्राहकहरुबाटै दुर्व्यवहार हुने बताइन्। 'डान्सबारवाली भनेर दुर्व्यवहार गर्छन्। यो क्षेत्रमा काम गर्ने युवतीलाई मनोरन्जनको साधनका रुपमा प्रयोग गरिन्छ,' उनले भनिन्।

उपत्यकाका रेस्टुरेन्ट र डान्सबारमा काम गर्ने अधिकांश युवतीहरुले श्रम शोषणसँग यौन शोषण पनि हुने गरेको गुनासो गरे। तर यो समस्या लिएर उनीहरुले कतै उजुरी वा न्यायका लागि जाने गरेको पाइँदैन। 'काम गर्ने सिलसिलामा दुर्व्यहार भएर प्रहरीकहाँ गयो भने उल्टो अपमान भएर फर्किनुपर्ने अवस्था छ,' सावित्री भन्छिन्। 

यसरी हुन्छ शोषण 
मसाज सेन्टर, दोहोरी साँझ र रेस्टुरेन्टमा फरकफरक किसिमको शोषण हुने गरेको अर्की कामदार रीताले अनुभव सुनाइन्। दोहोरीमा नाच्ने, गाउने महिलामाथि शारीरिक शोषणभन्दा बढी आर्थिक शोषण हुने उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

ठमेलको एक मसाज सेन्टरमा काम गर्ने सन्तोषी भन्छिन्, ‘मसाज भन्नु मात्र हो। मसाज हुँदै ससाज (सेक्स) गर्न बाध्य पारिन्छ। नाम चलेकै व्यक्ति पनि बोर भयो भन्दै हामीसम्म आएर शोषण गरिरहेका हुन्छन्।'

उपत्यकाका खाजाघरभित्र पनि एक किसिमको क्याबिन सञ्चालन हुने गरेका छन्। यस्ता क्याबिनमा काम गर्नेहरु भने अझ शारीरिक शोषणमा पर्ने गरेको नयाँ बसपार्कस्थित एक क्याबिनमा काम गर्ने शर्मिलाले बताइन्।  

सरकारसँग आँकडा छैन
रोजगारीसँग जोडेर वार्षिक ५ देखि ७ हजार नेपाली युवती भारत र अन्य देशका डान्सबार र मनोरन्जन क्षेत्रमा काम गर्ने पुग्ने गरेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलो) ले को  अध्ययनले बताउँछ। सन् २०१५ मा गरिएको सो अध्ययनपछि थप सर्वे गरिएको पाइँदैन। नेपाल सरकारले यो विषयमा अध्ययन सर्वेक्षण गरेको छैन। 

प्रत्येक वर्ष १२ हजार किशोरी (१८ वर्षमुनिका) भारतको मुम्बई, दिल्ली र कोलकाता हुँदै अन्तर्राष्ट्रिय मनोरन्जन बजारमा प्रवेश गराउने गरेको आइएलओको सो प्रतिवेदनमा भनिएको छ।

यो क्षेत्रमा अशिक्षित तथा उपत्यकका बाहिरका अज्ञानी महिला अन्जानमा फस्ने गरेका महिला बालबालिका तथा ज्येष्ठ नागरिक कार्यालय काठमाडौंकी अनिता अधिकारी बताउँछिन्। सरकारले मनोरन्जनका विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकको दर्जा नछुट्याउँदा पनि समस्या देखा परिरहेको छ। 

'यो विषयमा राज्यले छुट्टै ऐननियम बनाएर नियमन गर्नुपर्छ,' उनी भन्छिन्, 'यो क्षेत्रमा काम गर्ने महिलाको स्वास्थ्य नाजुक हुने गरेको पाइन्छ। सरकारले समयमै ध्यान नदिए समस्या झन् जटिल बन्न सक्छ।’

पछिल्लो पटक विभिन्न संघसंस्थाले काठमाडौं उपत्यकाका दोहोरी रेस्टुरेन्ट, मसाज, क्याबिन र रात्रिकालीन मनोरन्जन क्षेत्रमा गरेको सर्वेक्षणमा प्राय: सबै जिल्लाका महिला डान्सबारमा आबद्ध छन्। यसरी काम गर्ने युवतीले यौन व्यवसाय पनि अँगाल्ने गरेको सर्वेक्षणमा खुलाइएको छ। 

मनोरन्जन व्यवसाय पर्यटन प्रवर्द्धनका लागि सञ्चालन गरिएको व्यवसायभित्रै पर्ने भन्दै रात्रिकालीन मनोरन्जन क्षेत्रमा काम गर्ने नेपाल रेस्टुरेन्ट व्यवसायी संघका विजय लामाले संघसस्थाले हल्ला गरेजस्तो यो क्षेत्रमा समस्या नभएको दाबी गरे।  

रात्रिकालीन व्यवसायमा एक लाख युवती
‘फ्रि दी स्लेभ्स’ले गरेको अध्ययनमा उपत्यकाभित्र रहेका १२ हजारभन्दा बढी रात्रिकालीन मनोरन्जन व्यवसायमा एक लाख युवती संलग्न छन्। त्यसमा १६ वर्षमुनिका किशोरीहरु ३० देखि ४० हजारभन्दा बढी रहेको नेपाल युथको सर्वेमा उल्लेख गरिएको छ। यो क्षेत्रमा काम गर्ने संस्थाको तथ्यांकमा पनि एकरुपता पाइँदैन।

यसरी रात्रिकालीन क्षेत्रमा काम गर्ने ३ देखि ५ हजारले मात्र पारिश्रमिकको सम्झौता गर्ने गरेको युथ नेपालले गरेको सर्वेमा जनाइएको छ। 

साथी नेपालको अर्को अध्ययनमा १५ वर्षमुनिका ४० प्रतिशत किशोरी मनोरन्जन क्षेत्रमा काम गर्छन्। रात्रिकालीन मनोरन्जन क्षेत्रमा उपत्यकाभित्र मात्र एक लाखभन्दा बढी युवतीले काम गर्ने गरेको उसको सर्वेमा उल्लेख छ।  

यो क्षेत्रमा काम गर्ने १० प्रतिशत महिलाले मात्र रोजगारदातासँग सम्झौता गरेर काम गर्ने गरेका विभिन्न संघसंस्थाले औंल्याएका छन्। 

सरकारले यो क्षेत्रलाई नियन्त्रण गर्ने भनेर २०६५ निर्देशक ल्याएको थियो। तर, त्यस अनुसार काम भएको छैन। निर्देशकमा उल्लेख गरिएको व्यवस्था अनुसार सरकारले काम गर्ने प्रयास गरे पनि सफल नभएको श्रम कार्यालयका निर्देशक वरुण झा बताउँछन्।

सूचना अभाव
यस्तो क्षेत्रमा संलग्न कामदारलाई यहाँ काम गर्दा हुने फाइदा र बेफाइदाबारे नै ज्ञान छैन। प्राय:ले परिवारको आर्थिक संकट टार्नका लागि यो क्षेत्रलाई अपनाउने गरेका छन्। उनीहरुलाई सरकारी तथा यस्ता क्षेत्र नियालिरहेका गैरसरकारी संस्थाले पर्याप्त सूचना र जानकारी प्रवाह नगर्दा पनि समस्या उस्तै छ।

केही सीमित व्यक्तिले राम्रो कमाइ गरेको देखासिकीमा रात्रिकालीन मनोरन्जनमा होमिनेको संख्या निकै छ। २०७२ को विनाशकारी भूकम्पको प्रभावपछि यो क्षेत्रमा आउनेको संख्यामा केही वृद्धि भयो। जागिरको खोजीमा ग्रामीण भेगबाट आएका धेरै युवती यो क्षेत्रमा प्रवेश गरेको साथी नेपालको अध्यययनले जनाएको छ। भूकम्पपछि बेरोजगार युवतीले लहैलहैमा यो क्षेत्र रोज्ने गरेको साथी नेपाल संस्थाकी उमा लिम्बुले बताइन्। 'प्रलोभन र कमाइ हुने आसमा धेरै अशिक्षित महिला प्रवेश गर्ने गरेका छन्,' उनले भनिन्।

(माथि उल्लिखित कामदारहरुको नाम गोपनीयताका लागि परिवर्तन गरिएको हो।)

प्रकाशित मिति: बुधबार, असार १३, २०७५  ०२:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई निगरानी, कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन मन्त्रालयको विद्यालय शिक्षा शाखाले सोमबार ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै राजनीतिक दलका कार्यक्रममा स... मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी महासभामा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले महासभामा पर्सी सम्बोधन गर्ने भएका छन् । आज प्रधानमन्त्री वालेन प्रस्थान गरेका छन् । उ... मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा सम्भावित जोखिमबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ जल तथा मौसम विज्ञ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्