• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेपालमा ९५ लाख डोज कोभिड खोप स्टकमा, सिरिन्ज भने २५ लाखमात्रै

64x64
नेपाल लाइभ सोमबार, माघ ३, २०७८  ०७:२४
1140x725

काठमाडौं– नेपालमा कोरोना भाइरसविरुद्धको खोपको तुलनामा त्यसलाई लगाउन आवश्यक पर्ने सिरिन्जको मौज्दात निकै कम रहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपाल सरकारसँग हाल देशका विभिन्न स्थानमा गरेर ९५ लाख ५७ हजार ६४४ डोज कोभिडविरुद्धको खोप भण्डारणमा रहेका छन्।

तर खोपभन्दा निकै कम जम्मा २५ लाख ५९ हजार २०० वटा सिरिन्ज (शून्य दशमलव ५ एमएलका) मात्र देशभरमा मौज्दात रहेको छ। कोभिडविरुद्धको फाइजर खोप लगाउन शून्य दशमलव ३ र अन्य खोपका लागि शून्य दशमलव ५ एमएलका सिरिन्ज आवश्यक पर्छ।

सरकारले खोप अभियान चलाइरहेको समयमा अबको केही दिनमा नेपालमा बाहिरबाट सिरिन्ज नआउने हो भने कोभिड खोप लगाउन सिरिन्जको अभाव हुने देखिएको छ। तर, स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीले भने सिरिन्जको अभावको अवस्था आउन नदिन थप सिरिन्ज ल्याउने लागिएको बताए। 

उनका अनुसार अबको एक साताभित्र ७३ लाखभन्दा बढी सिरिन्ज नेपाल आइपुग्ने छ। चीनबाट १० लाख वटा सिरिन्ज मंगलबारसम्म रसुवा नाकामा आइपुग्ने डा मरासिनीको भनाइ छ। यस्तै यूनिसेफबाट प्राप्त हुने १२ लाख ९६ हजार वटा सिरिन्ज कलकत्तामा आइसकेको डा मरासिनीले जानकारी दिए।

यसैगरी, सरकारले खरिद गरेको २ करोड वटा सिरिन्जमध्ये पहिलो चरणमा ५० लाख वटा सिरिन्ज पनि अबको एक सातामा नेपाल आइपुग्ने डा मरासिनीले बताए। ‘हामीले खरिद गरेको सिरिन्जमध्ये ५० लाख वटा दुई साताभित्र आइपुग्ने गरेर एक साताअघि नै सम्झौता भइसकेको थियो। सम्झौता अनुसार अबको एक सातामा त्यो पनि आइपुग्ने कार्यतालिका रहेको छ,’ डा मरासिनीले भने, ‘त्यसपछि क्रमश: खरिदको बाँकी रहेको १ करोड ५० लाख डोज सिरिन्ज पनि आइपुग्ने छ। यो खोप पाइपलाइनमा नै भएकाले सिरिन्जको समस्या हुँदैन।’

उनले चीनबाट अहिले १० लाख सिरिन्ज आएपछि केही समयपछि थप १० लाख सिरिन्ज पनि आउने जानकारी दिए।

कुन खोप कति भण्डारणमा?
तथ्यांक अनुसार नेपालमा अहिले भेरोसेल खोप १३ लाख ६८ जार ९२४ डोज, जोन्सन ११ लाख ७३ हजार ९४०, कोभिसिल्ड ४९ लाख ७१ हजार ८५०, फाइजर ३ लाख ९९ हजार ९० र मोडर्ना १६ लाख ४३ हजार ८४० गरी देशभर ९५ लाख ५७ हजार ६४४ डोज खोप स्टकमा छ।

खोप र सिरिन्ज कहाँ कति?
प्रदेश १ को स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ६ लाख ६७ हजार ९५० डोज कोभिडविरुद्धको खोप स्टकमा रहेको छ भने २ लाख ९५ हजार २०० वटा सिरिन्ज स्टकमा छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश २ को स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ७ लाख २६ हजार खोप भण्डारणमा छ भने ७५ हजार ६०० वटा मात्र सिरिन्ज भण्डारणमा रहेको छ। यस्तै, हेटौंडामा २ लाख ६ हजार खोप छ भने ३ लाख ६२ हजार ८ सय वटा सिरिन्ज भण्डारमा छ। खोपसम्बन्धी विस्तारित कार्यक्रमका लागि छुट्याइएका १० वटा जिल्लाका लागि टेकुस्थित केन्द्रमा ३ लाख १६ हजार ३३० डोज खोप र ६ लाख ९८ हजार ८०० वटा सिरिन्ज भण्डारणमा रहेको छ।

गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ३ लाख ५३ हजार ९६५ डोज खोप भण्डारणमा छ भने केन्द्रमा सिरिन्ज स्टकमा छैन। खोप केन्द्रमा यसअघि नै पठाइएको सिरिन्जले काम चलाइरहेको अवस्था रहेको छ। सरकारले अहिले केन्द्रमा रहेको र अब आउने सिरिन्ज प्राथमिकताका आधारमा त्यहाँ पठाउने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ९ लाख ८३ हजार ५७१ डोज खोप रहेको छ भने ४ लाख ५ हजार २ सय वटा सिरिन्ज भण्डारणमा रहेको छ।

कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ३ लाख ४९ हजार १९८ डोज खोप र ४ लाख वटा सिरिन्ज भण्डारणमा छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ५७ हजार ९५० डोज खोप र १ लाख ९१ हजार ८ सय वटा सिरिन्ज स्टकमा छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै, पथलैयामा रहेको केन्द्रीय भण्डारणमा ५ लाख ४७ हजार ५०० डोज खोप र एक लाख २९ हजार ८०० वटा सिरिन्ज रहेको छ भने केन्द्रीय भण्डारण टेकुमा ५३ लाख ४९ हजार १८० डोज खोप मौज्दात रहेको छ।

दैनिक औसतमा ३ लाखले लगाउँछन् खोप
नेपालमा दैनिक औसतमा ३ लाख जनाले कोभिडविरुद्धको खोप लगाइरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ। खोप अभियान तीव्र भएको दिन ५ लाख जनाले पनि खोप लगाएको मन्त्रालयको तथ्यांक छ। यो आधारमा हेर्दा सरकारसँग स्टकमा रहेको सिरिन्जले अझै एक साताभन्दा बढी खोप लगाउन पुग्ने देखिन्छ। यो अवधिमा युनिसेफ, चीनबाट र खरिदको सिरिन्ज आइपुग्ने भएकाले खोप कार्यक्रममा समस्या नहुने डा मरासिनी बताउँछन्।

कतिले लगाए खोप?
नेपालमा आइतबारसम्म २ करोड ७९ लाख ६५ हजार ५०० मात्रा खोप लगाइसकिएको छ। तीमध्ये एक करोड ५८ लाख ३७ हजार ६७१ जनाले कम्तिमा एक मात्रा खोप लगाएका छन् भने एक करोड २१ लाख २७ हजार ८२९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन्। खोप अभियान सुरु भएयता नेपालमा हालसम्म ४ करोड ३ लाख ८८ हजार ८४० मात्रा खोप नेपाल ल्याइएको छ। नेपालमा खरिद, अनुदान र कोभ्याक्स सुविधा अन्तर्गत खोप आएको हो।

मन्त्रालयका अनुसार नेपालमा कुल जनसंख्याको ५२ दशमब १ प्रतिशतले खोपको एक मात्रा र ३९ दशमलव ९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। सरकारले आगामी चैतभित्र खोप लगाउने लक्षित समूहका सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाइसक्ने लक्ष्य लिएको छ। 
 

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  ०७:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्