• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ४, २०८२ Fri, Dec 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेपालमा ९५ लाख डोज कोभिड खोप स्टकमा, सिरिन्ज भने २५ लाखमात्रै

64x64
नेपाल लाइभ सोमबार, माघ ३, २०७८  ०७:२४
1140x725

काठमाडौं– नेपालमा कोरोना भाइरसविरुद्धको खोपको तुलनामा त्यसलाई लगाउन आवश्यक पर्ने सिरिन्जको मौज्दात निकै कम रहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपाल सरकारसँग हाल देशका विभिन्न स्थानमा गरेर ९५ लाख ५७ हजार ६४४ डोज कोभिडविरुद्धको खोप भण्डारणमा रहेका छन्।

तर खोपभन्दा निकै कम जम्मा २५ लाख ५९ हजार २०० वटा सिरिन्ज (शून्य दशमलव ५ एमएलका) मात्र देशभरमा मौज्दात रहेको छ। कोभिडविरुद्धको फाइजर खोप लगाउन शून्य दशमलव ३ र अन्य खोपका लागि शून्य दशमलव ५ एमएलका सिरिन्ज आवश्यक पर्छ।

सरकारले खोप अभियान चलाइरहेको समयमा अबको केही दिनमा नेपालमा बाहिरबाट सिरिन्ज नआउने हो भने कोभिड खोप लगाउन सिरिन्जको अभाव हुने देखिएको छ। तर, स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीले भने सिरिन्जको अभावको अवस्था आउन नदिन थप सिरिन्ज ल्याउने लागिएको बताए। 

उनका अनुसार अबको एक साताभित्र ७३ लाखभन्दा बढी सिरिन्ज नेपाल आइपुग्ने छ। चीनबाट १० लाख वटा सिरिन्ज मंगलबारसम्म रसुवा नाकामा आइपुग्ने डा मरासिनीको भनाइ छ। यस्तै यूनिसेफबाट प्राप्त हुने १२ लाख ९६ हजार वटा सिरिन्ज कलकत्तामा आइसकेको डा मरासिनीले जानकारी दिए।

यसैगरी, सरकारले खरिद गरेको २ करोड वटा सिरिन्जमध्ये पहिलो चरणमा ५० लाख वटा सिरिन्ज पनि अबको एक सातामा नेपाल आइपुग्ने डा मरासिनीले बताए। ‘हामीले खरिद गरेको सिरिन्जमध्ये ५० लाख वटा दुई साताभित्र आइपुग्ने गरेर एक साताअघि नै सम्झौता भइसकेको थियो। सम्झौता अनुसार अबको एक सातामा त्यो पनि आइपुग्ने कार्यतालिका रहेको छ,’ डा मरासिनीले भने, ‘त्यसपछि क्रमश: खरिदको बाँकी रहेको १ करोड ५० लाख डोज सिरिन्ज पनि आइपुग्ने छ। यो खोप पाइपलाइनमा नै भएकाले सिरिन्जको समस्या हुँदैन।’

उनले चीनबाट अहिले १० लाख सिरिन्ज आएपछि केही समयपछि थप १० लाख सिरिन्ज पनि आउने जानकारी दिए।

कुन खोप कति भण्डारणमा?
तथ्यांक अनुसार नेपालमा अहिले भेरोसेल खोप १३ लाख ६८ जार ९२४ डोज, जोन्सन ११ लाख ७३ हजार ९४०, कोभिसिल्ड ४९ लाख ७१ हजार ८५०, फाइजर ३ लाख ९९ हजार ९० र मोडर्ना १६ लाख ४३ हजार ८४० गरी देशभर ९५ लाख ५७ हजार ६४४ डोज खोप स्टकमा छ।

खोप र सिरिन्ज कहाँ कति?
प्रदेश १ को स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ६ लाख ६७ हजार ९५० डोज कोभिडविरुद्धको खोप स्टकमा रहेको छ भने २ लाख ९५ हजार २०० वटा सिरिन्ज स्टकमा छ।

Ncell 2
Ncell 2

प्रदेश २ को स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ७ लाख २६ हजार खोप भण्डारणमा छ भने ७५ हजार ६०० वटा मात्र सिरिन्ज भण्डारणमा रहेको छ। यस्तै, हेटौंडामा २ लाख ६ हजार खोप छ भने ३ लाख ६२ हजार ८ सय वटा सिरिन्ज भण्डारमा छ। खोपसम्बन्धी विस्तारित कार्यक्रमका लागि छुट्याइएका १० वटा जिल्लाका लागि टेकुस्थित केन्द्रमा ३ लाख १६ हजार ३३० डोज खोप र ६ लाख ९८ हजार ८०० वटा सिरिन्ज भण्डारणमा रहेको छ।

गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ३ लाख ५३ हजार ९६५ डोज खोप भण्डारणमा छ भने केन्द्रमा सिरिन्ज स्टकमा छैन। खोप केन्द्रमा यसअघि नै पठाइएको सिरिन्जले काम चलाइरहेको अवस्था रहेको छ। सरकारले अहिले केन्द्रमा रहेको र अब आउने सिरिन्ज प्राथमिकताका आधारमा त्यहाँ पठाउने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ९ लाख ८३ हजार ५७१ डोज खोप रहेको छ भने ४ लाख ५ हजार २ सय वटा सिरिन्ज भण्डारणमा रहेको छ।

कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ३ लाख ४९ हजार १९८ डोज खोप र ४ लाख वटा सिरिन्ज भण्डारणमा छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ५७ हजार ९५० डोज खोप र १ लाख ९१ हजार ८ सय वटा सिरिन्ज स्टकमा छ।

यस्तै, पथलैयामा रहेको केन्द्रीय भण्डारणमा ५ लाख ४७ हजार ५०० डोज खोप र एक लाख २९ हजार ८०० वटा सिरिन्ज रहेको छ भने केन्द्रीय भण्डारण टेकुमा ५३ लाख ४९ हजार १८० डोज खोप मौज्दात रहेको छ।

दैनिक औसतमा ३ लाखले लगाउँछन् खोप
नेपालमा दैनिक औसतमा ३ लाख जनाले कोभिडविरुद्धको खोप लगाइरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ। खोप अभियान तीव्र भएको दिन ५ लाख जनाले पनि खोप लगाएको मन्त्रालयको तथ्यांक छ। यो आधारमा हेर्दा सरकारसँग स्टकमा रहेको सिरिन्जले अझै एक साताभन्दा बढी खोप लगाउन पुग्ने देखिन्छ। यो अवधिमा युनिसेफ, चीनबाट र खरिदको सिरिन्ज आइपुग्ने भएकाले खोप कार्यक्रममा समस्या नहुने डा मरासिनी बताउँछन्।

कतिले लगाए खोप?
नेपालमा आइतबारसम्म २ करोड ७९ लाख ६५ हजार ५०० मात्रा खोप लगाइसकिएको छ। तीमध्ये एक करोड ५८ लाख ३७ हजार ६७१ जनाले कम्तिमा एक मात्रा खोप लगाएका छन् भने एक करोड २१ लाख २७ हजार ८२९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन्। खोप अभियान सुरु भएयता नेपालमा हालसम्म ४ करोड ३ लाख ८८ हजार ८४० मात्रा खोप नेपाल ल्याइएको छ। नेपालमा खरिद, अनुदान र कोभ्याक्स सुविधा अन्तर्गत खोप आएको हो।

मन्त्रालयका अनुसार नेपालमा कुल जनसंख्याको ५२ दशमब १ प्रतिशतले खोपको एक मात्रा र ३९ दशमलव ९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। सरकारले आगामी चैतभित्र खोप लगाउने लक्षित समूहका सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाइसक्ने लक्ष्य लिएको छ। 
 

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  ०७:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
रिहाइपछि रविको प्रतिक्रिया- अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ
रास्वपा सभापति रवि लामिछाने रिहा
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) शुक्रबार, पुस ४, २०८२
रिहाइपछि रविको प्रतिक्रिया- अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ शुक्रबार, पुस ४, २०८२
रास्वपा सभापति रवि लामिछाने रिहा शुक्रबार, पुस ४, २०८२
श्रम मन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी शुक्रबार, पुस ४, २०८२
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश जारी शुक्रबार, पुस ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्