पोखरा– पोखरा लेखनाथ महानगरपालिको नामबाट ‘लेखनाथ’ हटाउने प्रस्ताव नगरसभाले पारित गरेको छ। नगरसभाको मंगलबार बसेको बैठकले पोखरा–लेखनाथबाट ‘लेखनाथ’ हटाएर महानगरपालिकाको नाम ‘पोखरा’ मात्र राख्ने प्रस्ताब पारित गरेको हो। महानगरपालिकाका ४० भन्दा बढी सदस्यले नाम परिवर्तन गर्ने छलफलमा भाग लिएका थिए।
महानगरको सभाबाट पारित भएसँगै संघीय सरकारलाई सिफारिस पठाउने महानगर प्रमुखका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए। नेपाल सरकारले राजपत्रमा प्रकाशित गरी नाम परिवर्तन भएको घोषणा गर्नेछ।
पोखरा–१९ का अध्यक्ष शोभामोहन पौडेलले सोमबारको सभामा उक्त प्रस्ताव पेश गरेका थिए भने पोखरा–९ का अध्यक्ष रामराज लामिछानेले समर्थन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।