• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अहिलेसम्म माछापुच्छ्रे देखाएर बेच्यौं, अब आरोहणका लागि किन खुला नगर्ने?

64x64
नेपाल लाइभ मंगलबार, असार १२, २०७५  ०९:५०
1140x725

नेपालमा सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित केन्द्र सरकार अघि बढेको छ। त्यसका निम्ति पनि हामीले टुरिजम् प्रोडक्ट थप्नुपर्छ र त्यसको प्रवर्द्धन गर्नतिर लाग्नुपर्छ भन्ने मलाई लाग्छ।

पर्यटक त्यसै आउँदैनन्, उनीहरुलाई आकर्षित गर्ने चिज हुनुपर्छ। उदाहरणका लागि सुन्दर हिमाल आमादब्लमलाई लिन सकिन्छ। सर्वोच्च शिखर सगरमाथाको नजिकै भएर पनि धेरैले आमादब्लम चढ्ने गर्छन्। त्यो सुन्दर भएकै कारण हो। सगरमाथाकै हाराहारीमा आमादब्लम हिमालको आरोहण गर्ने गरेको हामीसँग तथ्यांक नै छ।

नेपाल सुन्दर हिमालहरुको धनी छ। माछापुच्छ्रे गाउँपालिकाको कुरा गर्दा हामीसँग माछापुच्छ्रे हिमाल (६,९९३ मिटर) छ। यो हिमाल आरोहणका लागि खुला गरिएको छैन। अहिलेको अवस्थामा हामीले यसलाई पर्यटन र रोजगारसँग जोडेर हेरेका छौं।

अन्नपूर्ण ट्रेकिङ अन्तर्गत बेसक्याम्प होस् या भित्रका ट्रेकिङ रुट, त्यहाँ जाने विदेशी पर्यटक र रोजगारी पाउनेको अनुपात हेर्ने हो भने एक जना पर्यटक बराबर प्रत्यक्ष रुपमा ३ जनाले काम पाउँछन्। यस्तै, अप्रत्यक्ष रुपमा २० जना स्थानीयले रोजगारी पाइरहेका छन्। ५ जना पर्यटकलाई हाम्रो १ जना नेपाली गाइडले हेर्न सक्छ। यसरी हेर्दा स्थानीय स्तरमा धेरै रोजगारी पाइरहेको देखिन्छ।

तर, माछापुच्छ्रेबाट जति लाभ हामीले लिनुपर्ने हो, त्यो लिन नसकेको देखिन्छ। अहिलेसम्म कसैले आरोहण नगरेकाले माछापुच्छ्रेलाई ‘कुमारी’ हिमाल भन्ने गरिन्छ। तर, हाम्रो बुझाइमा यो हिमाल कुमारी होइन। किनभने इतिहास हेर्दा त माछापुच्छ्रे आरोहणको प्रयास भइसकेको देखिन्छ।  

Ncell 2
Ncell 2
nimb
nimb

सन् १९५७ मा बेलायती नागरिक जिमी रोबर्टले पहिलोपटक आरोहणको प्रयास गरेका थिए। ब्रिटिस आर्मीका कर्नेल रहेका उनी त्यसबेला ६ हजार ९ सय ४७ मिटरसम्म चढेको भन्ने कुरा छ। उनी प्रतिकूल मौसमको कारण थप ३८ मिटर माथि चढ्न सकेनन्। यस हिसाबले यो हिमाल कुमारी होइन।

धार्मिक आस्था जोडिएका हिमाल चढ्न हुँदैन भन्ने तर्क हामीकहाँ गरिन्छ। तर, धार्मिक रुपले हेरिने पेरु देशको माचुपिचु पर्वत चढ्न पर्यटकलाई छुट छ। जहाँ वार्षिक लाखौं पर्यटक जान्छन्। 

धार्मिक आस्था गाँसिएका कुराका बन्देज लगाउनुपर्छ भन्नेहरुलाई भन्न चाहन्छु, हामी जति पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइँकुण्ड आदिलाई जति श्रद्धा गर्छौं, के त्यहाँ हामी पुगेका छैनौं र? त्यहाँ हामीले पाइला टेकेका छैनौं? दर्शन गर्न त नजिकै पुग्नुपर्‍यो नि! जनमानसमा जुन धार्मिक आस्था छ, त्यसलाई अझ उजागर गर्न र विश्वमा चिनाउन पनि माछापुच्छ्रेमा आरोहण खुला गर्नुपर्छ भन्ने मलाई लाग्छ। 

Xtrem
Xtrem

माछापुच्छ्रेकै आकृतिसँग मिल्दोजुल्दो हिमाल म्याटरहर्न स्विट्जरल्यान्डमा छ। त्यहाँ आरोहणका साथै स्थानीय रहनसहन र संस्कृति वार्षिक ४० लाख पर्यटक पुग्छन्। यति ठूलो संख्यामा पर्यटक पुगेपछि स्वाभाविक रुपमा त्यहाँ समग्र अर्थतन्त्रलाई योगदान हुन्छ। यस्तै फाइदा हामीले माछापुच्छ्रेबाट पनि लिन सक्छौं। यो हिमाल हामीले वर्षौंसम्म देखाएर बेच्यौं, अब छुनका निम्ति पनि खुला हुनुपर्छ। 

यसपटक हाम्रो गाउँपालिकाको नीति तथा कार्यक्रममा माछापुच्छ्रेलाई आरोहणका लागि खुला गर्न पहल गर्ने भनेर भनेका छौं। अब यसलाई आर्थिक आयआर्जनको साधन बनाउनुपर्छ भनेर नै आरोहण खुला गर्ने पहलमा लागेका हौं। त्यसका लागि सम्बन्धित निकाय, विषय विज्ञसँग सल्लाह गरेर, प्रदेश तथा संघीय सरकारसँग समन्वय गरेर पर्यटन तथा रोजगारीका आगामी कार्यक्रममा समेट्न पहल गर्ने भनेका छौं। तत्काल खोलिहाल्छौं भनेका छैनौं। 

पहिले जस्तो जमाना छैन। प्रविधिको युगमा संकुचित विचार राखेर हाम्रो सम्पदालाई खुम्च्याएर राख्नु उपयुक्त हुँदैन। हिमाल खुला गरेर आर्थिक आयआर्जन गर्दै नेपालको थप चिनारी दिनुपर्छ।


माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा माछापुच्छ्रे आरोहण खुला गर्न पहल गर्ने उल्लेख गरेको सन्दर्भमा गाउँपालिकाका अध्यक्ष गुरुङसँग नेपाल लाइभका कास्की संवाददाता विकास मगरले गरेको कुराकानीमा आधारित।

प्रकाशित मिति: मंगलबार, असार १२, २०७५  ०९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता
सम्बन्धित सामग्री
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’ बीपी राजमार्ग अवरुद्ध भएपछि धुलिखेलमा र सम्भावित पहिरो तथा सडक अवरोधको जोखिमलाई ध्यान दिँदै नागढुंगामा सवारीसाधन रोकिएका हुन्। शुक्रबार, असोज ९, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहावमा वृद्धि भएको छ। शुक्रबार, असोज ९, २०८३
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’ शुक्रबार, असोज ९, २०८३
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह शुक्रबार, असोज ९, २०८३
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्