एजेन्सी – बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा छिन्। उनी अमेरिकन गायक तथा अभिनेता निक जोनससँगको प्रेम सम्बन्धमा छिन्।
यसै क्रममा जोनस प्रियंकालाई भेट्न उनी केही दिनअघि भारत आइपुगेका छन्। केही महिनादेखि एकसाथ देखिन थालेको यो जोडी यतिबेला भारतको गोवामा छुट्टी मनाइरहेकोे भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ। उनीहरुको बिहेको बारेमा समेत चर्चा हुन थालेको छ।
यस मामलामा अभिनेत्री प्रियंकाभन्दा बढी जोनस नै बढी हतारोमा रहेको समेत सञ्चारमाध्यमले जनाएका छन्। जोनस प्रियंकाको विषयमा निकै सिरियस छन्। यसअघिकी गर्लफ्रेन्डभन्दा प्रियंका निकै समझदार भएको र उनीहरुबीच सम्बन्ध सुमधुर बन्दै गएकाले जोनस प्रियंकाको परिवारसँग सम्बन्ध विस्तार गर्न हतारोमा छन्।
झाँगिदो प्रेम सम्बन्धकै कारण प्रियंकाले प्रेमी जोनसलाई आफ्नी आमा मधु चोपडासँग भेट गराइसकेकी छन्। जोनस प्रियंकाभन्दा १० वर्ष कान्छो छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।