• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

यस्तो छ रुपन्देहीका १६ स्थानीय तहको बजेट

64x64
नेपाल लाइभ मंगलबार, असार १२, २०७५  ०८:१८
1140x725

भैरहवा- रुपन्देहीका १६ वटै स्थानीय निकायले आर्थिक वर्ष ०७५/०७६ का लागि आफ्नो नीति तथा कार्यक्रमसहित बजेट ल्याएका छन्। रुपन्देहीमा रहेका सबै स्थानlय तहको बजेट जोड्दा साढे १० अर्ब बढी बजेट सार्वजनिक गरिएको छ। १६ स्थानिय तहमध्ये बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको बजेट नगरसभाबाट पास भइसकेको छ भने अन्य स्थानीय तहको बजेट छलफलको क्रममा छ। 

मुलुक संघीय प्रणालीमा गएपछि यो स्थानीय सरकारको दोस्रो बजेट हो। गत वर्ष तीन चरणमा भएको निर्वाचनपश्चात् स्थानीय तहको बागडोर सम्हालेका जनप्रतिनिधिले पर्याप्त अनुभवको अभावमा पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिई बजेट ल्याएका हुन्। 

आगामी वर्षका लागि भने प्रतिनिधिले बजेटमा केही योजनालाई विशेष प्राथमिकता दिएका छन्। एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका गरी १६ स्थानीय तह रहेको रुपन्देहीमा स्थानीय सरकारले विशेषतः भौतिक पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, र रोजगारीलाई समेत प्राथमिकता दिएका छन्। अधिकांश तहले आन्तरिक स्रोत बढाउन राजश्वका दर र दायरालाई बढाउँदै नयाँ स्रोतहरुको खोजी गर्ने जनाएका छन्। आफ्नो तहलाई समृद्ध बनाउने सपनासहित १६ स्थानीय तहले चालु र पूँजीगत गरी १० अर्ब ५२ करोड ७५ लाख बढी बजेट ल्याएका छन्। देवदह नगरपालिका, कोटहीमाई गाउँपालिका र गैडहवा गाउँपालिका गरी तीन स्थानीय तहले अझै बजेटको आकार सार्वजनिक गरेका छैनन्। बाँकी १३ स्थानीय तहको बजेट सार्वजनिक भइसकेको छ। चालु आबमा कृषि क्षेत्रको बजेट दूरुपयोग गरेको आरोप लागेका यहाँका स्थानीय तहले यस पटक भने प्राथमिकतामा राखेका छन्।

कुन तहको बजेट कति?
बुटवल उपमहानगरपालिका

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि एक अर्ब ६६ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गुमादेवी आचार्यले आव ०७५/०७६ का लागि एक अर्ब ६६ करोड ५० लाख १६ हजार ८ सय ३१ रुपैंयाँ बराबरको बजेट प्रस्तुत गरिन्। आचार्यले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बजेटको मुख्य उद्देश्य ‘सुन्दर बुटवल, समृद्ध बुटवल : खुसी बुटवलबासी’ रहेको बताइन्। बजेट आर्थिक वर्ष २०७४/७५ को भन्दा झन्डै २७ करोड बढी हो। आर्थिक वर्ष २०७४/७५ मा बुटवल उपमहानगरले एक अर्ब ३९ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो। 

चालू खर्चतर्फ रु २२ करोड ३० लाख १७ हजार, सामाजिक सुरक्षा भत्ता १५ करोड, चालु आवमा सम्पन्न हुन नसकी आगामी आवमा सरी जाने योजना तथा सम्पूरक कोषहरुका लागि ४७ करोड ८९ लाख विनियोजन भएको छ। यस्तै नगर स्तरीय कार्यक्रम पुँजीगत तथा पूर्वाधार निर्माणका योजनाहरुमा २३ करोड ७७ लाख १४ हजार आठ सय ३१ रुपैयाँ विनियोजन भएको छ। 

उपमहानगरले शिक्षा विकास कार्यक्रम अन्तर्गत २५ करोड ४९ लाख ७० हजार विनियोजन भएको छ भने कृषि विकास कार्यक्रम अन्तर्गत ९३ लाख ९७ हजार रुपैयाँ विनियोजन भएको छ। पशुपंक्षी विकास कार्यक्रम अन्तर्गत एक करोड ८ लाख ७६ हजार विनियोजन भएको छ। महिला विकास कार्यक्रमका लागि उपमहानगरले एक करोड ३८ लाख ३७ हजार विनियोजन गरेको छ। वडा सिलिङ बमोजिम आएका वडा स्तरीय योजनाहरुका लागि १५ करोड विनियोजन गरिएको छ। यसैगरी मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना तर्फ चार करोड ९ लाख ६० हजार विनियोजन भएको छ। प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत चार करोड २८ लाख ९२ हजार विनियोजन गरिएको छ। 

उपमहानगरले आव ०७५/०७६ का लागि आन्तरिक स्रोतबाट ४४ करोड ३८ लाख ६० हजार ८ सय ३१ रुपैयाँ संघीय सरकारबाट अनुदान ८५ करोड ४८ लाख ८९ हजार, प्रदेश सरकारबाट चार करोड ४२ लाख ६७ हजार, उपभोक्ता लागत सहभागिता पाँच करोड, अन्य अनुदान तथा ऋणबाट आठ करोड ७० लाख, विभिन्न क्षेत्रबाट अपेक्षित ११ करोड, मझौला शहर एकीकृतबाट चार करोड र बैंक अ.ल्या.बाट तीन करोड ५० लाख समेत गरी जम्मा कुल एक अरब ६६ करोड ५० लाख १६ हजार आठ सय ३१ रुपैयाँ प्रक्षेपण गरिएको छ। नगरसभा उपमहानगरका प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बसेको थियो। 

सिद्धार्थनगर नगरपालिका
पूर्वाधार, पर्यटन, खेलकुद, जनजीविका र स्थानीय शासनलाई प्राथमिकीकरण दिएको सिद्धार्थनगरले दुई अर्ब ४९ लाख ८१ हजारको बजेट ल्याएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यो चालु आवभन्दा ४५ दशमलव १३ प्रतिशतले बढी हो भने जिल्लाका अन्य तहभन्दा यहाँको बजेट सबैभन्दा धेरै छ। एशियाली विकास बैंकको अनुदान सहयोग आरयुडिपीतर्फ २३ करोड र आइयुडिपीतर्फ १७ करोड थप भएकाले यहाँको बजेट सबैभन्दा धेरै भएको हो। बजेटमा आन्तरिक स्रोत न्यून भएकाले थप स्रोत खोजी गर्ने जनाइएको छ। बजेट नगर सभाबाट अझै पारित भएको छैन।

तिलोत्तमा नगरपालिका
तिलोत्तमा नगरपालिकाले एक अर्ब ३५ करोड रुपैंयाँको बजेट प्रस्तुत गरेको छ। नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले एक अर्ब ३५ करोड ३२ लाख ५१ हजार रुपैंयाँको बजेट प्रस्तुत गरिन। प्रस्तुत बजेट पारित भएको छ। बजेट आर्थिक वर्ष २०७४/७५ को भन्दा झन्डै ३५ करोड बढी हो। आव २०७४/७५ मा तिलोत्तमाले एक अर्ब ६९ लाख रुपैंयाँको बजेट ल्याएको थियो। 

बजेटमा चालू खर्चतर्फ ५९ करोड २७ लाख अर्थात् ४३ दशमलव ७९ प्रतिशत र पूँजीगत खर्चतर्फ ७६ करोड पाँच लाख ५१ हजार अर्थात् ५६ दशमलव २१ प्रतिशत रुपैंयाँ विनियोजन गरिएको छ।

बजेटमा आम्दानी स्रोतको रुपमा आन्तरिक राजस्वबाट ५० करोड ८ लाख ४० हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ८३ करोड १४ लाख ११ हजार र प्रतिनिधिसभा सदस्यमार्फत् २ करोड १० लाख राखिएको छ। शिक्षातर्फ कुल बजेटको २० दशमलव ८३ प्रतिशत अर्थात् २८ करोड १९ लाख ८३ हजार रकम विनियोजन गरिएको छ।

Xtrem

Xtrem

यसैगरी स्वास्थ्यतर्फ ५ करोड २१ लाख ९३ हजार, कृषि, पशुपालन र सिंचाईतर्फ ३ करोड ४३ लाख १० हजार रकम विनियोजन गरिएको छ। भवन, शहरी विकास र पूर्वाधार विकासका लागि १७ करोड रकम विनियोजन गरिएको छ। तिलोत्तमा उद्योगग्राम, तिलोत्तमा नगर तालिम केन्द्र, सीपमूलक तालिम संचालन समेतका कार्यक्रम कार्यान्वयन गर्न १ करोड २१ लाख रकम विनियोजन गरिएको छ। 

यहाँको बजेट नगर सभाबाट पारित भइसकेको छ।

सैनामैना नगरपालिका
सैनामैना नगरपालिकाले ५९ करोड ५९ लाखको बजेट ल्याएको छ। सैनामैनाबासीलाई समृद्धिको आभास दिलाउने उद्देश्य राखिएको बजेटमा कृषि, खेलकुद, पूर्वाधार विकास, स्वास्थ्य शिक्षालाई विशेष प्राथमिकता दिइएको छ। बजेट नगर सभाबाट पारित भइसकेको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ५२ करोड ८९ लाख २२ हजार १ सय बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। जसमध्ये पुँजीगत खर्च तर्फ २१ करोड ६५ लाख ७८ हजार ८ सय र चालु खर्च तर्फ ११ करोड ८ लाख ४३ हजार बराबरको रकम अनुमान गरिएको हो। 

नगरपालिकाले भौतिक पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका विषयलाई प्राथमिकतामा राखेको नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बताए। 

देवदह नगरपालिका
नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको देवदह नगरपालिकाले करिब ६० करोडको बजेट ल्याउँदै छ। आन्तरिक स्रोत बृद्धिलाई प्राथमिकता दिएर ल्याउन लागिएको उक्त बजेटमा कृषि, पर्यटक, उद्योग, रोजगारी, बृद्धबृद्धालाई प्राथमिकता दिइने जनाइएको छ। बजेट नगर सभाबाट पारित भएपछि मात्रै सार्वजनिक गरिने नगरपालिकाले जनाएको छ। बुद्धको मावली समेत रहेको देवदह पर्यटकीय हिसावले पनि महत्वपूर्ण मानिन्छ।

ओमसतिया गाउँपालिका
शिक्षा क्षेञलाई विशेष प्राथमिकता दिएको ओमसतिया गाउँपालिकाले ३५ करोड बराबरको बजेट ल्याएको छ। उसले पूर्वाधार विकास, जनजिविका र बजारीकरणलाई प्राथमिकता दिएको छ। स्थानीय उत्पादनलाई बजारसम्म सहज तरिकाले पुर्याउन बजेटमा व्यवस्था गरिएको छ। यस्तै बालिका विमालाई पनि प्राथमिकता दिइएको छ। बजेट अझै पारित भएको छैन।

रोहिणी गाउँपालिका
रुपन्देहीको रोहिणी गाउँपालिकाको तेस्रो गाउँसभा आइतबार देखि सुरु भएको छ। सभामा आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले ४० करोड २२ लाख ४३ हजार अनुमानित रकम खर्च गर्ने लक्ष्य लिइएको बताए। 

जसअनुसार क्षेत्रगत कार्यक्रम सहितको रकममध्ये चालु खर्च तर्फ २७ करोड ६० लाख ५ हजार ३ सय ६० र पुंजीगत खर्च तर्फ १२ करोड ६२ लाख ३७ हजार ६ सय ४० खर्चको अनुमान गरिएको यादवले बताए। त्यस्तै गाउँसभामा ४० करोड २२ लाख ४३ हजारको अनमानित आय प्रस्तुत गरिएको छ। जसअनुसार संघीय सरकार सामनीकरण अनुदान तर्फ ११ करोड ७१ लाख, संघीय सरकार शसर्त अनुदान तर्फ १२ करोड ६९ लाख, राजस्व बाडफाडमा ७ करोड २५ लाख ११ हजार, प्रदेश सरकार समानिकरण तर्फ ४५ लाख ५० हजार, प्रदेश सरकार शसर्त तर्फ ९६ लाख, आन्तरिक आयतर्फ ७० लाख, सिमा क्षेत्र कार्यक्रम तर्फ ८६ लाख ५३ हजार, गरीबसंग विशेश्वर कार्यक्रम तर्फ ४ लाख २९ हजार, जेष्ठ नागरिक दिर्घ सेवा सम्मान कार्यक्रम तर्फ ५ करोड र गत आर्थिक वर्षको बजेट बाँकी बैंक मौज्दात तर्फ ५५ लाख रहेको छ। 

सम्मरीमाई गाउँपालिका
भौगोलिक हिसाबले पछाडि परेको गाउँ हो, सम्मरीमाई गाउँपालिका। यहाँ शिक्षा, स्वास्थ्य र गरिबीका रेखामुनी परेका नागरिकको बढी बसोबास छ। यी क्षेत्रसहित कृषि र पूर्वाधारलाई प्राथमिकता दिँदै पालिकाले ४० करोड ५ लाख बराबरको बजेट ल्याएको छ। बजेट पारित हुन बाँकी छ।

मर्चवारी गाउँपालिका
भारतीय सीमासँग जोडिएको मर्चवारी गाउँपालिकाले ३६ करोड ४७ लाख बराबरको बजेट ल्याएको छ। पूर्वाधार विकासमा सबैभन्दा बढी बजेट छुट्याएको पालिकाले शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता दिएको छ। यो पालिका कृषि उत्पादनमा राम्रो मानिन्छ। यस्तै बजेटमा बालबिबाहलाई पूर्ण रुपमा नियन्त्रण गर्ने जनाइएको छ। सभाबाट बजेट पारित भएको छैन।

कोटहीमाई गाउँपालिका
नीति तथा कार्यक्रममा कृषि र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिएको कोटहीमाई गाउँपालिकाले २१ करोड बराबरको बजेट ल्याउँदै छ। गाउँ सभाबाट पारित भएपछि मात्रै बजेट सार्वजनिकीकरण गर्ने जनाएको पालिकाले शिक्षा, रोजगारी, नदीजन्य पदार्थको व्यवस्थापन, आन्तरिक स्रोत बृद्धि र स्वास्थ्यलाई पनि विशेष प्राथमिकता दिइएको छ।

शुद्धोधन गाउँपालिका
शुद्धोधन गाउँपालिकाले ३८ करोड २६ लाख बराबरको बजेट ल्याएको छ। मत्स्य पर्यटनलाई विशेष प्राथमिकता दिएको पालिकाले कृषि, पशुपालन, स्वास्थ्य, शिक्षा, आन्तरिक स्रोत बृद्धिलाई पनि बजेटमा विशेष व्यवस्था गरेको छ। बजेट गाउँ सभाबाट पारित भएको छैन।

मायादेवी गाउँपालिका
रुपन्देहीको मायादेवी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ४७ करोड ८४ लाख १ हजार ७ सय बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। कृषिमा पकेट मानिने मायादेवी गाउँपालिकाले आन्तरिक आम्दानीबाट २ करोड ९१ लाख, संघीय सरकारबाट अनुदान ३२ करोड ८८ लाख लाख १५ हजार, प्रदेश सरकारबाट अनुदान १ करोड  ८८ लाख १ हजार, सामाजिक सुरक्षा भत्ता तर्फ ५ करोड, सडक बोर्डबाट ३ लाख, सिमाक्षेत्र विकास कार्यक्रम तर्फ ४१ लाख ७ हजार, एल.जी.सि.डि तर्फ १० लाख ६० हजार, अनुमान गरिएको छ। कृषि, उद्योग व्यवसाय, शिक्षा, पर्यटन, स्वास्थ्य र स्रोत बृद्धिलाई विशेष प्राथमिकता दिएको छ। यस्तै मठमन्दिर, नदी र भौतिक पूर्वाधार विकासलाई पनि विशेष व्यवस्था गरिएको छ। बजेट गाउँ सभाबाट पारित भएको छैन।

सियारी गाउँपालिका
कृषि, पर्यटन, रोजगारी, शिक्षा, स्वास्थ्य र बजारीकरणलाई विशेष व्यवस्था गरेरको सियारी गाउँपालिकाले आर्थिक वर्ष ०७५।७६का लागि ३९ करोड ९ लाख ४६ हजार प्रस्तावित आय व्ययको अनुमानित विवरण सार्वजनिक गरेको छ। 

जसमा गत आर्थिक वर्षको अल्या २ करोड ५० लाख, राजश्व ११ करोड ५४ लाख ३३ हजार,त्यस्तै अन्तर सरकारी वित्तिय हस्तान्तरण बाट १२ करोड ३४ लाख ५४ हजार आम्दानीमा राखेको छ जसमा नेपाल सरकार संघिय बाट ११ करोड ८९ लाख, नेपाल सरकार प्रदेश बाट ४५ लाख ५३ हजार रहेको छ। अन्तर सरकारी सरकारी अनुदान १२ करोड ७१ लाखको आय विवरण रहेको छ। सियारी गाउँपालीकाले आ.व. ०७५।७६का लागि कुल व्यय ३९ करोड ९ लाख ८६ हजार प्रस्तुत गरेको छ। जसमा चालु खर्च ६ करोड १३ लाख २२ हजार, पुँजिगत खर्च २० करोड २५ लाख ६४ हजार रहेको छ त्यसै गरि ससर्त अनुदान खर्च १२ करोड ७१ लाख अनुमानित खर्च हुने अपेक्षा बजेटले गरेको छ। 

कंचन गाउँपालिका
कंचन गाउँपालिकाले ४० करोड बराबरको बजेट ल्याएको छ। कृषिमा पकेट मानिने पालिकाले बजेटको प्राथमिकता दिएको छ। यस्तै भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, आन्तरिक स्रोत बृद्धि, मठमन्दिर, मस्जिदको संरक्षणलाई पनि बजेटमा व्यवस्था गरिएको छ। बजेट सभाबाट पारित भएको छैन।

गैडहवा गाउँपालिका
नीति तथा कार्यक्रममा कृषि, पर्यटन र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिएको गैडहवा गाउँपालिकाले करिब ४० करोड बराबरको बजेट ल्याउँदै छ। गाउँ सभाबाट पारित भएपछि सार्वजनिकीकरण गर्ने जनाएको पालिकाले शिक्षा, स्वास्थ्य, तालतलैया, रोजगारी, उत्पादन बृद्धि, स्रोतको पहिचान र बजारीकरणलाई पनि प्राथमिकतामा राखेको छ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०७५  ०८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’ शुक्रबार, असोज ९, २०८३
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह शुक्रबार, असोज ९, २०८३
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्