• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस ८, २०८२ Tue, Dec 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना संक्रमितले भरिँदै काठमाडौंका अस्पताल, कुन अस्पतालमा कति संक्रमित? [तथ्यांकसहित]

64x64
नेपाल लाइभ बिहीबार, पुस २९, २०७८  ०७:३८
1140x725

काठमाडौं - बुधबार मात्र देशभर ३ हजार ७५ जना कोरोना संक्रमित भेटिए। यो संख्या नेपालमा ओमिक्रोन पुष्टि भएपछिकै सबैभन्दा धेरै हो। 

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३८ हजार ३७५ पुगेको छ। कुनै बेला एक सयमा झरेको संक्रमितको संख्या हाल दैनिक उकालो लाग्दैछ। 

कोरोना संक्रमितको संख्या पुस २२ गतेबाट ह्वात्तै बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ। पुस १ गते ११ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १८४ जनामा कोरोना भेटिएको थियो। संक्रमणदर १ दशमलव ६७ प्रतिशत मात्र थियो। 

यो संख्या बढ्दै पुस २२ गते १० हजार २६७ जनाको पीसीआर गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको थियो। संक्रमणदर पनि ४ दशमलव २४ प्रतिशत थियो। हाल यो संख्या चार गुणाले बढ्दै नेपालमा कोरोना संक्रमणदर २३ दशमलव ५९ प्रतिशत पुगेको छ। 

पुस महिनाको तथ्यांक

पुस (गते) जम्मा परीक्षण पोजिटिभ मृत्यु  संक्रमणदर प्रतिशतमा
१. ११०१८ १८४ २  १.६७
२. ९०१६ २७४ ३  ३.०४
३. ७९९७ १८९ २ २.३६
४. ९८७२ १८१ १ १.८३
५. ४१४१ २२० १ ५.३१
६. १७०८९ २९० ३ १.७०
७. ११३०९ २३६ २ २.०९
८. ११६२६ २९३ २  २.५२
९. ११८९८ २६० १ २.१९
१०. ६४४७ १६७ १ २.५९
११. ९६७७ २१९ २ २.२६
१२. १०८८६ २७१ १ २.४९
१३. १२५६६ २६० २ २.०७
१४. ७६०८ २५३ २ ३.३३
१५. ८८९७ २४१ ० २.७१
१६. ९०८४ २३५ ४ २.५९
१७. २०९५९ ३८२ ० १.८२
१८. ७६३१ २०९ २ २.७४
१९. १२४९८ ३२६ २ २.६१
२०.  ९३२९ २६३ ३ २.८२
२१. १०२६७ ४३५ ० ४.२४
२२. १२०९९ ५४० १ ४.२६
२३. १४९७१ ९६८ ० ६.४७
२४. १३२६४ ९४४ ० ७.१२
२५. १२६३२ ११६७ २ ९.२४
२६. ११४२९ १४४६ २ १२.६५
२७. १५०३३ २४४४ १ १६.२६
२८. १३०३६ ३०७५ २ २३.५९

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं पुनः कोरोनाको हटस्पट बन्ने सम्भावना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो तथ्यांक नियाल्दा हाल दैनिक दुई हजारभन्दा माथि संक्रमित भेटिन थालेका छन्। जसमध्ये आधाजति त काठमाडौं उपत्यकाकै हुने गरेका छन्। 

बुधबार भेटिएका ३ हजार ७५ संक्रमितमध्ये १ हजार ५३८ काठमाडौं उपत्यकाका छन्। काठमाडौंमा १ हजार १६८ ललितपुरमा २३६ र भक्तपुरमा १३४ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। 

Ncell 2
Ncell 2

यसअघि मंगलबार २ हजार ४४४ संक्रमित भेटिदा काठमाडौं उपत्यकामा मात्र १ हजार २८६, सोमबार कुल संक्रमित १ हजार ४४६ मध्ये ८७६, आइतबार १ हजार १६७ मध्ये ६१५ र शनिबार ९४४ मध्ये ४८१ संक्रमित काठमाडौं उपत्यकाका थिए। 

यो तथ्यांकले पनि काठमाडौं उपत्यकामा पुनः कोरोनाको जोखिम र संख्या बढ्न थालेको पुष्टि गर्छ। देशभर कोरोना संक्रमितको संख्या बढिरहँदा कोरोनाको हटस्पट बन्ने सम्भावना रहेको काठमाडौं उपत्यकाको अस्पतालमा बिरामी बढ्दै गइरहेका छन्। कुनै बेला खाली जस्तै भएको काठमाडौं उपत्यकाको अस्पताल पुनः बिरामीले भरिन थालेका छन्।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, नेपाल एपीएफ लगायत अस्पतालमा बिरामीको संख्या दैनिक बढ्दो छ। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
देशको एक मात्र केन्द्रीय सरुवा रोग अस्पताल हो, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल। 

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पहिलो लहरमा सरकारले यो अस्पतालाई कोरोना विशेष अस्पताल बनाएको थियो। यो अस्पतालमा हाल कोभिड १९ का बिरामी बढ्न थालेका छन्। करिब एक साता अघि खाली जस्तै भएको अस्पतालमा भर्ना हुने कोभिडका बिरामी विस्तारै बढ्न थालेका हुन्। 

बुधबार दिउँसोको तथ्यांक अनुसार शुक्रराज अस्पतालमा ६ आइसीयू र ६ एचडीयू गरी १२ जना बिरामी उपचाररत छन्। अस्पताल भर्ना हुन आउने बिरामीको संख्या बढेपनि गम्भीर खालका बिरामी कमै मात्र हुने गरेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए। 

उनले भने, ‘हाल अस्पताल भर्ना हुन आउने बिरामीको संख्या दैनिक बढीरहेको छ। तर अधिकांश बिरामी गम्भीर अवस्थाका छैनन्। दोस्रो लहरमा जस्तो अक्सिजन र आइसीयू चाहिने कमै मात्र छन्।’

उनका अनुसार हाल अस्पतालको इमरजेन्सीमा भर्ना हुने आउने बिरामीको संख्या पनि बढ्दो छ। इमरजेन्सीमा मात्रै दैनिक ७ देखि ८ जना बिरामी आउने गरेको अस्पतालले जनाएको छ। 

रुघाखोकी र ज्वरोको बिरामी आउन थालेपछि केही समयका लागि बन्द भएको फिभर क्लिनीक गत शुक्रबारदेखि सञ्चालन गरिएको छ। उक्त फिभर क्लिनीकमा दैनिक २५ देखि ३० जना आउने गरेको उनले जानकारी दिए। फिभर क्लिनिकमा आउने अधिकांशलाई पीसीआर परीक्षणका क्रममा कोरोना भेटिने गरेको छ। 

यति मात्र नभई शुक्रराज अस्पतालमा पीसीआर परीक्षणका लागि पुग्ने बिरामीको संख्या पनि बढ्दो छ। त्यसमा पनि पोजिटिभ दर बढ्दो रहेको सूचना अधिकारी गौतमले बताए। 

मंगलबार १५३ जनाको पीसीआर परीक्षण गर्दा आधाबढीमा कोरोना पुष्टि भएको थियो। यसअघि सामेबार १०६ जनाको पीसीआर परीक्षण कोरोना भेटिएको संख्या ४० थियो। यस अस्पतालमा एक साताअघि पीसीआर परीक्षण गर्नेको संख्या मात्र ७०/८० जना हुने गर्दथ्यो। 

नेपाल एपीएफ अस्पताल
काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पताल कोरोनाको उपचार हुने अस्पतालहरुमध्ये एक हो। यो अस्पतालमा पनि हाल कोरोनाका बिरामी बढ्न थालेका छन्। 

प्रहरी उपरीक्षक डा प्रवीन नेपालका अनुसार हाल यस अस्पतालमा ६ आइसीयू सहित ४० जना संक्रमित उपचाररत छन्। करिब एक सातादेखि संक्रमितको संख्या बढ्न थालेको उनले बताए। यसअघि अघिल्लो साता नेपाल एपीएफ अस्पतालमा करिब १० जना मात्र संक्रमित उपचाररत थिए। 

हाल दैनिक ८/९ जना संक्रमित भर्ना हुनेको गरेको डा नेपालले जानकारी दिए। भर्ना हुने अधिकांश बिरामीमा लक्षण देखिएपनि गम्भीर अवस्थाका कमै मात्र रहेको उनले बताए।

उनले भने, ‘एक सातादेखि बिरामीको संख्या बढ्दो छ। भर्ना हुने सबैजसो बिरामीमा लक्षण छन्। तर अक्सिजन र आइसीयू चाहिने बिरामीको संख्या भने कमै मात्र छ। पहिले जस्तो अवस्था अहिले छैन।’

त्रिवि शिक्षण अस्पताल
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ। जनरल बेडमा १८ र आइसीयूमा १० जना गरी २८ जना संक्रमित उपचाररत रहेको कोभिडको उपचारमा खटिरहेका छातिरोग विशेषज्ञ डा निरज बमले बताए। 

उनका अनुसार त्रिवि शिक्षण अस्पतालमा पुसको पहिलो सातातिर निकै कममा झरेको संक्रमितको संख्या पुस तेस्रो सातादेखि बढ्न थालेको छ। कोभिड ओपिडीमा हाल दैनिक १५ देखि २० जना संक्रमित रुघाखोकी र ज्वरोको लक्षण लिएर आउने गरेको उनले बताए। 

उनले भने, ‘पहिले त धेरै कम भइसकेको थियो। तर पुसको तेस्रो सातादेखि यहाँ कोरोनाका बिरामीहरु बढ्न थालेका छन्। धेरैजसोमा रुघाखोकी र ज्वरोको लक्षण देखिएका छन्।’

देशभर संक्रमितको संख्या बढीरहँदा त्रिवि शिक्षण अस्पतालमा पनि बिरामीको संख्या ह्वात्तै बढ्न सक्ने उनको अनुमान छ। 

नेपाल निजामती (सिभिल) अस्पताल
बानेश्वस्थित नेपाल निजामती (सिभिल) अस्पतालमा हाल १३ जना कोरोना संक्रमित उपचाररत छन्। जसमध्ये ५ जना आइसीयूमा रहेको अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले जानकारी दिए।

सिभिल अस्पतालमा पनि एक सातादेखि कोरोना संक्रमितको संख्या बढ्न थालेको हो। स्वास्थ व्यक्तिमा सामान्य लक्षण देखिएपनि दीर्घ रोगीहरुलाई आइसीयू र अक्सिजनको आवश्यकता परेको उनले बताए। 

उनले भने, ‘दम, निमोनिया, मधुमेह रोग जस्ता दीर्घ रोग भएका र अंग प्रत्यारोपण भएका व्यक्तिलाई कोरोनाले गाह्रो बनाउने गरेको छ। यहाँ आइसीयूमा भर्ना हुने अधिकांश बिरामी यस्तै दीर्घ रोग भएकाहरु छन्।’

अन्य अस्पतालमा कहाँ कति?
यो सहित वीर अस्पतालमा २१ जेनरल, १६ एचडीयू, ४ आइसीयू र २ भेन्टिलेटरमा गरी ४३ जना, पाटन अस्पतालमा १९ जेनरल, १८ एचडीयू, ३ आइसीयू र ३ भेन्टिलेटरमा गरी ४३ जना, भक्तपुर अस्पतालमा १ आइसीयू र १ भेन्टिलेटरमा गरी २, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा २८ जना जेनरलमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ। 

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ०७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्रियाशील सदस्यता नवीकरण : म्याद सकिएको ७ दिनपछि ९ दिन थप्ने सहमति
एकैदिन ५५०० रुपैयाँ बढ्यो सुनको मूल्य
रवि र बालेनबीच ६ घण्टा लामो छलफलमा के के भयो?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा मंगलबार, पुस ८, २०८२
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक मंगलबार, पुस ८, २०८२
महिला टी-२० विश्वकप छनोटको समूह र खेलतालिका सार्वजनिक मंगलबार, पुस ८, २०८२
‘युवापुस्ता ज्यान फालेर चुनावमा लाग्नुपर्‍यो, काठमाडौँमा जुलुस निकाले केही हुनेवाला छैन’ : मन्त्री पुन मंगलबार, पुस ८, २०८२
क्रियाशील सदस्यता नवीकरण : म्याद सकिएको ७ दिनपछि ९ दिन थप्ने सहमति मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
रवि र बालेनबीच ६ घण्टा लामो छलफलमा के के भयो? मंगलबार, पुस ८, २०८२
सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले मंगलबार, पुस ८, २०८२
राजनीतिक संवाद समितिले भोलि ३ दलका कार्यालयमै पुगेर छलफल गर्ने सोमबार, पुस ७, २०८२
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्