मैमाना, अफगानिस्तान- अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको एक जिल्लामा तालिबान आतङ्ककारीले गरेको आक्रमणको जवाफी कारबाहीका क्रममा तालिबानका एक प्रमुख कमाण्डर नै मारिएका छन्।
सो कारबाहीमा परी अन्य १२ जना आतङ्ककारी मारिएको सैनिक प्रवक्ता मोहमद हानीफ रेजाईले जानकारी दिए।
फर्याब प्रान्तको घोर्माच जिल्लामा सयौँको सङ्ख्यामा आएका तालिबान आतङ्ककारीको आक्रमणपछि सुरक्षा अधिकारीहरूले गरेको जवाफी कारबाहीमा तालिबानका प्रमुख कमाण्डर मुल्लाह वारिस र अन्य १२ जना तालिबान मारिएका हुन्।
तालिबान आतङ्ककारी र सुरक्षा अधिकारीहरूबीच भएको दोहोरो झडपमा परी अन्य १९ भन्दा बढी आतङ्ककारी घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।