विराटनगर– झापा र उदयपुरमा डुबेर दुई जनाको मृत्यु भएको छ।
झापाको शिवसताक्षी नगरपालिका ७ सिंहहाङगेस्थित पैनीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ। घर नजिकै रहेको पैनीमा पौडी खेल्नेक्रममा शिवसताक्षी नगरपालिका २ का डम्बर बहादुर विश्वकर्माका छोरा गणेशको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।
साथीहरुसँग खेलिरहेका गणेश पानीमा डुबेपछि उद्धार गरेर उपचारका लागि लाइफलाइन अस्पताल दकममा भर्ना गरिएको र सोही क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
यसैगरी, उदयपुरको कटारी नगरपालिका ६ आँपटारका गणेश विश्वकर्माका छोरा १४ वर्षीय डिके विश्वकर्माको खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।