• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

मधुमेह हुनु जीवनको समाप्ति होइन, यसरी जिउन सकिन्छ दीर्घ जीवन

डा. वामदेव सुवेदी मंगलबार, पुस २७, २०७८  ०७:०४
1140x725

करिब चार वर्षअगाडि म विद्यावारिधिका लागि शोधपत्र तयार गर्ने क्रममा दाङको एउटा गाउँमा पुगेको थिएँ। त्यहाँ मैले मान्छेहरुको स्वास्थ्यसम्बन्धी बानी व्यवहारबारे अध्ययन गरेको थिएँ। मेरो चासो मान्छे बिरामी परेपछि उपचार गराउन कहाँ–कहाँ जाँदा रहेछन् भन्ने थियो। त्यस गाउँमा १२६ घरधुरी थिए। 

हरेकजसो घरमा कोही न कोहीलाई केही न केही स्वास्थ्य समस्या थियो। मधुमेह, उच्च रक्तचाप, थाइराइड, बाथ, दमजस्ता दीर्घरोग भएका व्यक्तिहरुको संख्या उल्लेख्य थियो। मधुमेहको औषधोपचार गराइरहेका व्यक्तिहरु मात्र १३ जना थिए। मधुमेहको निदान हुनुभन्दा पहिले बिरामी परे पनि नियमित औषधि सेवन गर्न थालेपछि स्वास्थ्य अवस्था सामान्य लाग्न थालेको धेरैको अनुभव थियो।

कोही अकालै मर्ने, कोही लामो आयु बाँच्ने!
मेरो १४ महिनाको बसाइमा उक्त गाउँमा ६ जनाको मृत्यु भयो। मृत्यु हुनेमा एकजना ६३ वर्षकी महिला थिइन्। उनले तीन वर्षदेखि मधुमेहको उपचार गराइरहेकी थिइन्। दुब्लाउँदै गएर अशक्त भएपछि घोराही गएर जचाउँदा चिकित्सकले उनलाइ मधुमेह भएको बताएका थिए। त्यसपछि उनले चिकित्सकले लेखिदिएको औषधि खाँदै आएकी थिइन्। उनी प्रायः एउटा निजी क्लिनिकमा रगत जचाउन र औषधि किन्न जाने गर्थिन् अनि सुगर नबढोस् भनेर सिस्नुको साग पनि खाने गरेको बताएकी थिइन्। 

उनको पारिवारिक आर्थिक हैसियत त्यति राम्रो थिएन। परिवार ठूलै थियो। खेतीपातीले खानलाउन पुग्दैनथ्यो। मजदुरी र सिलाइ–कटाइको कामले भरथेग हुन्थ्यो। ऋण गरेर भए पनि उपचार गराउँदै थिइन्। अन्तिम पटकको भेटमा उनले भनेकी थिइन्, ‘रगत जचाउन जान नपाएको धेरै भयो,औषधि सकिन लागेको छ, खेतीपाती (रोपाईं) सकेर जाउँला भनेकी छु ...म त साह्रै गलें बाबु, शरीरमा शक्ति छैन, थकाइमात्र लाग्छ, मलाई त यसैले लान्छ कि क्या हो।’ उनको श्रीमान्ले ‘सायद प्रेसरले हान्यो कि के भएर हो अचानक मरी सर’ भनेका थिए।

त्यही गाउँमा एकजना ७८ वर्षका पुरुषले मधुमेहको औषधि खान थालेको १८ वर्ष भएको बताएका थिए। उनले आफ्नो बेथा यसरी सुनाएका थिए, ‘त्यति बेला घोराहीमा आजभोलिजस्तो औषधि उपचारको सुविधा थिएन। जोजो थिए तिनीहरु सबैलाई देखाइयो, धामीझाँक्रीलाई पनि बोलाइयो, केही गरे पनि सन्चो नलागेपछि एक जना छिमेकीको साथ लागेर लखनउ उपचार गर्न गएँ। पछि बल्ल सुगर भएको पत्ता लागेको थियो।’

रगत जाँचको रिपोर्ट हेर्दै डाक्टरले ‘इसका कोही इलाज नहीं है’ भनेको सुन्दा उनको होस् उडेको थियो रे। अनि, चिन्तित भएको देखेर डाक्टरले ‘चिन्ता मत करो हर रोज दबाई लोगे और डिस्सप्लिनमे रहोगे तो लम्बी समय तक जियोगे’ भनेर सम्झाएको अनुभव सुनाएका थिए। उनको परिवार सम्पन्नै थियो। तर, उपचार खर्च धान्न नसकेर त्यति बेला एक विगाहा जग्गा बेच्नु परेको दुःखेसो पोखेका थिए। डाक्टरको सल्लाहअनुसार गत दुई वर्षदेखि इन्सुलिनको सुई लाउन थालेका थिए। 

‘म डाक्टरले भने जस्तो अनुशासनमै बसेको छु, अझै केही वर्ष त बाँच्छु जस्तो लाग्छ,’ उनी भन्थे। मलाई जानकारी भएसम्म उनी राम्रैसँग बाँचिरहेकै छन्। एक किसिमले हेर्ने हो भने उनी अकाल मृत्युलाई टार्न सफल भएका छन्। मधुमेह भएकाहरुमा अकाल मृत्युको जोखिम बढी नै हुन्छ। तर उनको अनुभवबाट राम्रो औषधि उपचार भयो र बिरामी  अनुशासनमा बस्यो भने मधुमेह भए पनि लामै आयु बाँचिन्छ भन्ने सिकाइ हुन्छ। 

मधुमेहको प्रकोप बढ्दो छ
एउटा सानो गाउँमा १३ जनाले मधुमेहको औषधोपचार गराइरहेको देख्दा मलाई त्यति बेला असहज लागेको थियो। तर, मधुमेहको राष्ट्रिय तथा अन्तराष्ट्रिय आँकडा हेर्दा यसलाई सामान्यरुपमा नै लिन सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

मधुमेह विश्वमै बढ्दोक्रममा छ। उच्च आय भएका देशहरुको तुलनामा हाम्रो जस्तो निम्न तथा मध्यम आय भएका देशहरुमा यसको प्रकोप तीव्ररुपमा बढिरहेको छ। विश्वस्वास्थ्य संगठनका अनुसार सन् १९८० मा ४.७ प्रतिशत बयस्कहरु (१८ वर्ष र माथिका) लाई मधुमेह भएकोमा सन् २०१४ मा आइपुग्दा बढेर ८.५ प्रतिशत पुगेको छ।

यो अवधिमा मधुमेह भएका व्यक्तिको संख्या झण्डै चारगुणा बढेको छ। सन् १९८० मा १० करोड ८० लाख मधुमेह भएका व्यक्ति थिए भने सन् २०१४ मा आइपुग्दा यो संख्या ४२ करोड २० लाखमा पुगेको र यो दशकको अन्तसम्ममा आधा अर्ब नाघ्ने अनुमान गरिएको छ। अन्य नसर्ने रोगहरुबाट हुने अकाल मृत्युदर घट्दै गए पनि मधुमेहबाट हुने अकाल मृत्युदर घटेको छैन, बरु सन् २००० र २०१६ को बीचमा ५ प्रतिशतले बढेको छ। (विश्व स्वास्थ्य संगठन, द ग्लोबल डाइविटिज कम्प्याक्ट, २०२१)  

गाउँघरमा अझै पनि कतिपयलाई मधुमेह भएको थाहा नै छैन। नेपालमा गरिएको स्टेप्स सर्भेमा लगभग ९० प्रतिशतले आफ्नो रगतमा सुगरको अवस्था के छ भन्नेजाँच गराएका थिएनन्। मलाई सुगर छ भनेर थाहा पाउनेहरु करिब २ प्रतिशत मात्र थिए। तर, नेपालमा लगभग ९ प्रतिशत बयस्कहरुमा टाइप-२ मधुमेह होला भन्ने अनुमान गरिएको छ। 

लक्षण, प्रकार र उपचार
मधुमेह भएका व्यक्तिलाई मुख सुक्खा हुने, बढी तिर्खा लाग्ने, पटक पटक पिसाब लाग्ने, भोक लाग्ने, शरीर दुब्लाउँदै जाने, थकाई लाग्ने, बारबार घाउ खटिरा आउने, घाउचोट निको हुन बढी समय लाग्ने, शरीर चिलाउने, आँखा धमिलो देख्ने तथा दृष्टिदोष हुने, हातगोडा झमझमाउने जस्ता लक्षणहरु देखा पर्न सक्दछन्। मधुमेहले हृदयघात गराउने, मिर्गौला खराब गर्ने, दृष्टिमा समस्या बढ्ने र अन्धपन ल्याउने, खुट्टामा घाउ आएर अल्सर हुने र बढ्दै जाँदा काटेर फाल्नु पर्ने जस्ता अवस्था (जटिलताहरु) ल्याउन सक्छ।  बेलैमा नियन्त्रणमा राख्न सके मधुमेहले मुटु, मिर्गौला, आँखा,स्नायु तथा रक्त नलिहरुमा पुर्‍याउने असर कम गर्न सकिन्छ। 

प्यांक्रियाजले पर्याप्त इन्सुलिन उत्पादन नगर्दा वा उत्पादन गरेको इन्सुलिन शरीरले प्रभावकारी रुपमा उपयोग नगर्दा रगतमा ग्लुकोजको मात्रा बढी देखिएको अवस्था मधुमेह हो। इन्सुलिन रगतमा चिनीलाई नियन्त्रण गर्ने हर्मोन हो। चिनीलाई उर्जामा रुपान्तरण गर्न हाम्रो शरीरलाई इन्सुलिन चाहिन्छ। मधुमेहलाई टाइप-१, टाइप-२ र गर्भावस्थाको मधुमेह भनेर छुट्याउने गरेको पाइन्छ। 

टाइप-१ मधुमेह प्रायः बालबालिका तथा किशोरकिशोरीहरुमा देखिन्छ र यसको उपचार गर्न इन्सुलिनको आवश्यकता पर्दछ। समयमै इन्सुलिनको उपचार गरिएन भने यस प्रकारको मधुमेह घातक हुनसक्छ। टाइप-२ मधुमेह प्रायः वयस्कहरुमा देखिन्छ र यसको उपचारका लागि खाने औषधिको प्रयोग गरिन्छ र कतिपय अवस्थामा इन्सुलिन पनि चाहिन्छ। प्रायः टाइप-१ मधुमेह पारिवारिक तथा वंशाणुगत कारणले हुने हुन्छ भने टाइप-२ आहारविहार तथा जीवनशैलीका कारणले हुन्छ।  

मधुमेह भएका ९० प्रतिशतभन्दा बढीलाई टाइप-२ मधुमेहको समस्या छ। टाइप-१ र टाइप-२ को मधुमेहका लक्षणहरुमा खासै भिन्नता हुँदैन। तर टाइप-२ मा रोग सुरु भएको धेरै वर्षपछि लक्षणहरु देखिन सक्छन्। त्यति बेलासम्ममा यसका जटिलताहरु देखिन थालिसकेको हुन सक्दछन्। गर्भावस्थामा इन्सुलिन कम प्रभावकरी हुँदा गर्भावस्थामा हुने मधुमेह हुन्छ। गर्भावस्थामा हुने मधुमेह सामान्यतः बच्चा जन्मिएपछि आफै हराएर जाने हुन्छ। 

यद्यपि, यस प्रकारको मधुमेहले गर्भावस्था र सुकेरीको समयमा जटिलताहरुको जोखिम बढाउँछ। गर्भमा रहेको बच्चामा टाइप-२ मधुमेह हुने जोखिम पनि बढाउँछ।

अनुशासित जीवनशैली र परिवारको भूमिका
मधुमेह नहोस भनेर मात्र होइन मधुमेह भैसकेकाहरुलाई पनि थप जटिलताहरु नहोस भनेर अनुशासित जीवनशैली अपनाउनु आवश्यक छ। यहाँ अनुशासित जीवनशैली भन्नाले खानपान तथा आहारविहारमा सजग र संयमित हुने, स्वस्थ र सन्तुलित खाना खाने, हरिया सागसब्जी, तरकारी तथा फलफूल पर्याप्त खाने, शारीरिकरुपमा सक्रिय रहने, नियमित व्यायाम गर्ने, शरीरको तौल सामान्य राख्ने, गुलियो, नुनिलो, चिल्लो तथा बोसोयुक्त खानेकुरा कम खाने, मद्यपान तथा धुम्रपानबाट टाढै बस्ने कुराहरु पर्दछन्। 

अनुशासित जीवनशैली मधुमेह भएकाहरुलाई मात्र होइन नभएकालाई पनि उत्तिकै महत्वपूर्ण छ। धुम्रपान तथा सूर्तिसेवनले मधुमेहका अलावा अर्बूद रोग, हृदयरोग, मृगौला फोक्सो तथा स्वासप्रश्वास सम्बन्धी रोगहरुको जोखिम पनि बढाउँछन्।

अहिलेको चुनौती भनेको मधुमेह नभएकालाई हुनसक्ने जोखिमबाट बचाउने र मधुमेह भएकालाई अकाल मृत्युबाट बचाउने हो। मधुमेह भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था विग्रन नदिन तथा मधुमेहले ल्याउन सक्ने जटिलताहरुबाट बचाउन औषधोपचार, हेरचाह र सहयोग चाहिन्छ। यसका लागि परिवारको भूमिका महत्वपूर्ण रहन्छ। मधुमेह भएकाहरुको स्वास्थ्य स्थिति बिग्रन नदिन औषधोपचारको पहुँच बढाउनु आवश्वक छ। 

व्यक्ति बिरामी परेपछि अस्पताल लिएर जान मात्र होइन अस्पतालबाट फर्केपछि पनि बिरामीको औषधोपचार, हेरचाह, स्याहारसुसारर खानपानमा ख्याल गर्ने भनेकै परिवारले हो। एक किसिमले हेर्ने हो भने अस्पताल वा चिकित्सकको भूमिका भनेको बिरामीको उपचार, हेरचाह तथा स्याहार सुसारमा परिवारको प्रयासलाई थप सहयोग पुर्‍याउने नै हो। त्यसैले हेरचाह र स्याहारसुसारमा परिवारको क्षमता बढाउन सकियो भने यसले अस्पताल अनावश्यक धाइरहने झन्झट कम गर्न र उपचार खर्च कटौतीमा मदत पुर्‍याउन सक्दछ। उदाहरणका लागि, ग्लुकोमीटर सुलभ हुन सक्यो र परिवारमा हेरचाह गर्ने कसैमा यसको प्रयोगसम्बन्धी सीप विकास गर्न सकियो भने सुगरको स्तर के छ भनेर घरमै जाँच्न सकिन्छ। सुगर जचाउँनकै लागि अस्पताल धाइराख्नु पर्दैन। 

आवश्यकता उपचारको
इन्सुलिनको आविस्कार भएको १०० वर्ष पुग्दैछ, मधुमेहका औषधिहरु छन्, अनि रगत जाँच्ने ग्लुकोमिटर तथा परीक्षण किटहरुको प्रविधिहरुको विकास भएको छ। अर्कातिर मधुमेह भएकाहरुमा यसको पहुँच छैन। सायद त्यसैले मधुमेहको उपचारमा जोड दिन सन् २०२१ देखि २०२३ सम्मका लागि विश्व मधुमेह दिवसको नारा ‘मधुमेहको उपचारमा पहुँच : अहिले नभए कहिले?’ भन्ने तय गरिएको छ। नेपालमा मधुमेहको प्रकोप बढ्दो छ।तर, अनुशासित जीवनशैली र सर्वसुलभ औषधोपचारको व्यवस्थाले यसलाई नियन्त्रण गर्न सकिन्छ। मधुमेहका बारेमा सचेतना, रोकथाम र उपचारमा जोड पुगेको छैन।

गरिब परिवारले मधुमेहको औषधोपचारको खर्च धान्न सक्ने अवस्था छैन। उपचार खर्च धान्न नसकेर जायजेथा बेच्नु पर्ने अवस्था विद्यमान छ। मधुमेहबाट हुने अकाल मृत्युदर कम गर्नका लागि अनुशासित जीवनशैली सम्बन्धी सचेतना बढाउन, घरपरिवारको सदस्यहरुमा मधुमेहका बिरामीको हेरचाह सम्बन्धी ज्ञान सीप क्षमता बढाउन  र औषधोपचारलाई सर्वसुलभ बनाउन आवश्यक छ। औषधोपचार सर्वसुलभ हुन सके मात्र मधुमेहबाट हुने अकाल मृत्युको सम्भावनालाई कम गर्न सकिन्छ। यसका लागि कमसेकम हरेक स्थानीय स्वास्थ्य संस्थाहरुमा रगत जाँच्ने व्यवस्था र आवश्यक औषधिको उपलब्धता सुनिश्चित गर्नु आवश्यक छ।

(सुवेदीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयको सामाजिक चिकित्सा तथा सामुदायिक स्वास्थ्य विभागबाट विद्यावारिधि गरेका छन्।)

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्