काठमाडौँ- चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजलको सडक विस्तारका लागि ठेक्का भएको वर्षौँ बित्दासमेत काम सम्पन्न नभएपछि समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको माग गरिएको छ।
समता मानव अधिकार तथा नागरिक 8ले गृहमन्त्री रामबहादुर थापालाई सोमबार बुझाएको ज्ञापनपत्रमा छिटो सडक विस्तार नगर्दा वर्षामा पानीको दह जमी सवारी एवं पैदल यात्रुको आवागमनमा पनि असहज भएको जानकारी गराइएको छ। घाम लागेका बेला धुलोले सडकमा हिँड्न नसकिने ज्ञापनपत्रमा उल्लेख छ।
यसले गर्दा मानव स्वास्थ्यमा समेत गम्भीर असर पुगेको 8ले जनाएको छ। ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले सडक विस्तारका विषयमा अध्ययन गरी निर्माण व्यवसायी दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता जनाए।
ज्ञापनपत्रमा केही घर अझै नभत्किएको, विद्युत्, टेलिफोन र केवलको तार नहटाइएकाले छिटोभन्दा छिटो साइड क्लियर गरी विस्तारको व्यवस्था मिलाउन माग गरिएको 8का अध्यक्ष नोर्साङ शेर्पाले बताए।
तीन खण्डमा ठेक्का दिई यो सडक बिस्तारको काम भइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। तीनै खण्डका निर्माण व्यवसायीको समय सकिएकाले म्याद थप गरिएको आयोजना प्रमुख दीपक केसीले जानकारी दिए।
साइड क्लियर गर्न अदालतमा मुद्दा परी अन्तरिम आदेश भएकाले काममा बाधा पुगेको उनले सुनाए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।