काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
मन्त्रालयको निर्णयअनुसार गठित समितिमा मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भूराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव दिनेश खनाल रहेका छन्।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरबाट गत शनिबार प्रकाशित परीक्षाफलमा त्रुटि देखिएको थियो। केही परीक्षार्थीको नतिजा मूल अभिलेखबमोजिम पुन: संशोधन गरेर निकालिएको थियो। यस सम्बन्धमा यथार्थ अध्ययन गरी प्रतिवेदन पेस गर्न र आगामी दिनमा त्यसप्रकारको समस्या नै आउन नदिन अवलम्बन गर्नुपर्ने उपाय सम्बन्धमा ५ दिनभित्र सुझाव दिन सो समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले जानकारी दिउ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।