माइ साई- उत्तरी थाइल्याडको एक गाउँमा फुटबल खेल्न गएका १२ जना बालबालिका र उनका एक प्रशिक्षक बाढीका कारण फसेका छन्।
भारी वर्षापछि आएको बाढीको कारण उनीहरू तीन दिनदेखि एक गुफामा फसेर रहेका सरकारी अधिकारहरले जानकारी दिएका छन्।
एक गुफामा फसेका ती बालबालिकाको उद्धारको लागि सयौँ उद्धारकर्मी परिचालन गरिएको छ। फुटबल म्याच खेल्न गएका बालबालिका र उनका प्रशिक्षक गत शनिबारबाट फसेका थिए।
फसेका ती बालबालिकाको उमेर ११ देखि १६ वर्षको भएको बताइएको छ। थाइल्यान्डमा मे महिनादेखि अक्टोबरसम्म मनसुनी वर्षाको समय हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।