चितवन- वर्षासँगै नारायणगढ-मुग्लिन सडकखण्डको जोखिम बढेको छ। आज बिहान मात्रै चारकिलोस्थित टोपो खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ५:२० बजे पहिरो खसेको हो। अहिले पहिरो पन्छाउने काम थालिए पनि पहिरो ठूलो भएकाले यातायात सुचारु हुन कम्तीमा ४ घन्टा लाग्ने जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता शिव शर्मा आचार्यले बताए।
दुई दिनयता पानी परेसँगै सो सडकमा ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ। हिजो मात्रे तीन ठाउँमा पहिरो खसेको थियो।
सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडकखण्ड हो। सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि समय–समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।