• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

‘लिप्स्टिक’ कसरी नारीवादको प्रतीक बन्यो?

अञ्जली मिश्रा शनिबार, माघ १, २०७८  ०७:०२
1140x725
तस्बिर : सन् २०१७ मा प्रदर्शनमा आएको फिल्म ‘लिपस्टिक अन्डर माई बुर्का’बाट।

सन् २०१७ मा प्रदर्शनमा आएको ‘लिप्स्टिक अण्डर माइ बुर्का’लाई त्यो वर्षको सबैभन्दा विवादित फिल्म भन्न सकिन्छ। यो फिल्म एक वर्ष पहिले नै प्रदर्शन हुनुपर्ने थियो। तर, केही ‘बोल्ड’ नारीवादी दृश्यका कारण सेन्सरबोर्डको नजरमा पर्‍यो। निकै माथापच्छीबीच बल्ल प्रदर्शनमा पुग्यो।

नारीवादको बुलन्द आवाज बनेको यो फिल्मको नाममा ध्यान दिने हो भने प्रश्न गर्ने इच्छा हुन्छ– ‘आखिर बुर्कामुनि लिप्स्टिकको काम के हो?’ बुर्का लगाएपछि त यसै छोपिन्छ।

यसको जवाफ ‘लिप्स्टिक अण्डर माइ बुर्का’को प्रमोसनका क्रममा निर्देशक अलंकृता श्रीवास्तवले भनेको एउटा भनाइमा पाइन्छ। उनले भनेकी थिइन्, ‘यो फिल्मले महिलाहरूको दबाइएका र लुकाइएका इच्छा, कल्पना र सपनाको कुरा गर्छ। त्यसैले यसलाई यही शीर्षक दिइएको हो। बुर्कामुनि लुकेको लिप्स्टिकजस्तै महिलाहरूको इच्छाबारे कसैलाई थाहा हुँदैन। तर, यसको अर्थ उनीहरूले आफ्नो इच्छा पूरा गर्न चाहँदैनन् भन्ने होइन। लिप्स्टिक एउटा बिम्ब हो।’

तर, यो पहिलो पटक र अनौठो थिएन कि, लिप्स्टिकलाई महिलावादको प्रतीकको रुपमा प्रयोग गरिएको होस्। लिप्स्टिक नारीवादको एउटा यस्तो हिस्सा बनिसकेको छ, जसका लागि वर्षमा एक दिन निर्धारण गरेर छुट्याइएको छ। केही वर्षयता हरेक साल २९ जुलाईमा विश्वभरका कयौं देशमा ‘लिप्स्टिक डे’ मनाइन्छ। 

‘लिप्स्टिक डे’को सुरुवातलाई लिएर केही मतभेद छन्। कतिपय जानकारहरूले यसलाई ‘कयौं दशक पुरानो’ बताइरहेका छन् भने, कतिपयले यसलाई २०१६ देखि मनाउन सुरु गरिएको बताएका छन्। वास्तवमा, सन् २०१६ मा अमेरिकाका चिरपरिचित मेकअप आर्टिष्ट तथा कस्मेटिक ब्राण्ड ‘हुडा ब्यूटी’की प्रमुख हुडा कटैनले यो दिनलाई राष्ट्रिय दिवसको रूपमा सूचीकृत गर्न सिफारिस गरेकी थिइन्। त्यसैले यसको सुरुवातको श्रेय उनलाई दिन थालिएको थियो।

यो अपेक्षाकृत रुपमा कम लोकप्रिय दिवस हो। तर, पछिल्ला केही वर्षदेखि यसले भारत, अमेरिका, युरोपसँगै अरब देशहरूमा पनि चर्चा कमाइरहेको छ। सुरुवातमा यो दिन सुन्दरताका साधनहरूमाथि हुने ‘अफर’ र फेसन वेबसाइटमा जानकारीका लागि राखिएका आलेखहरूमा मात्रै सीमित थियो। अहिले भने सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नारीवादी चर्चाको कारण बनेको छ।

यसबीच थुप्रै फेसन विशेषज्ञहरू लिप्स्टिक डेलाई एउटा सफल ‘मार्केटिङ’ रणनीति भएको र हरेक वर्ष थप चर्चामा आउन थालेकोमा एक मत राख्छन्। उनीहरूका अुनसार बजारले लिप्स्टिकलाई निकै बठ्याइँसँग स्वतन्त्रताको प्रतीक बनाइरहेको छ। यसकारण, अहिले ती महिलाहरूले पनि यसको प्रयोग गर्न सुरु गरेका छन्, जो सायद पहिले यसलाई अनावश्यक वा कम आवश्यक ठान्थे।

समाजशास्त्रीहरूका अनुसार लिप्स्टिक र नारीवादको सम्बन्ध धेरै पुरानो होइन, र धेरै नयाँ पनि छैन। नारीवादको एउटा समय यस्तो थियो, जसलाई ‘लिप्स्टिक नारीवाद’ भनिन्थ्यो। लिप्स्टिक नारीवाद, नारीवादको तेस्रोकाल थियो, जसको सुरुवात सन् १९९० को दशकमा सुरु भएको मानिन्छ। यो समयमा महिलाहरूले ‘स्त्री हुनु’का परम्परागत प्रतीकहरूलाई अनुशरण गर्न थालेका थिए, जसमा लिप्स्टिकसहित हरेक किसिमका साज–श्रृङ्गारका साधनहरू थिए। अर्थात्, उनीहरू महिला भएको पहिचान र प्रतीक, चाहे त्यो मेकअप होस् वा गहना वा हाइ हिल चप्पल, सबैलाई नारीवादसँग जोडेर हेर्ने गरिएको थियो। पछि सर्वसुलभ र सुविधाजनक लिप्स्टिक यसको सबैभन्दा ठूलो प्रतीक बन्यो।

Ncell 2
Ncell 2
nimb
nimb

अनुसन्धानकर्मीहरूका अनुसार कुनै पनि किसिमका लिप्स्टिक सामुन्नेका, मुख्यगरी पुरुषको ध्यान तान्ने किसिमका हुन्छन्। यसमा पनि रातो रङले बढी ध्यान तान्छ। तर, यसको मतलब रातो रङको लिप्स्टिक लगाएर महिलाहरूले केही फरक कुरा गर्न वा कुनै पनि किसिमको आमन्त्रण दिन खोजेको भन्ने होइन। यस्तो सोच भारतमा मात्रै नभएर अपेक्षाकृत आधुनिक भनिने देशमा पनि देखिएको छ।

अनुसन्धानकर्मीहरूका अनुसार कुनै पनि किसिमका लिप्स्टिक सामुन्नेका, मुख्यगरी पुरुषको ध्यान तान्ने किसिमका हुन्छन्। यसमा पनि रातो रङले बढी ध्यान तान्छ। तर, यसको मतलब रातो रङको लिप्स्टिक लगाएर महिलाहरूले केही फरक कुरा गर्न वा कुनै पनि किसिमको आमन्त्रण दिन खोजेको भन्ने होइन।

केही वर्षअघि बेलायतमा यही विषयमा बहस उठ्यो। त्यति बेला काम गर्ने क्षेत्रमा लिप्स्टिक लगाउन प्रतिबन्ध लगाउनु पर्ने माग उठेको थियो। त्यसो त, १८औं शताब्दीमै यहाँकी सांसदले लिप्स्टिकलाई ‘पुरुषलाई फसाउने शैतानी तरिका’ भन्दै यसमाथि प्रतिबन्ध लगाउन माग गरेकी थिइन्।

नारीवादका विभिन्न कालखण्डमाथि चर्चा गर्ने हो भने यसको पहिलो काल सन् १८४८ देखि १९२० लाई मानिन्छ। यो समयमा कैयौँ पश्चिमी देशहरूमा महिलाहरूले मतदानको अधिकारका लागि आवाज उठाउन सुरु गरेका थिए। उनीहरूले लामो संघर्षपछि त्यो अधिकार हासिल गरे। यही चरणमा महिलाहरूले शिक्षा र रोजगारीमा समानता र गर्भपतनको अधिकारको लागि पनि पहिलो पटक आवाज उठाए। 

नारीवादको दोस्रो चरण सन् १९६३ देखि १९८० को दशकबीचको समयलाई मानिन्छ। यति बेला महिलाहरूले आफ्नो शरीरमाथि आफ्नो अधिकार हुनुपर्ने कुरा उठाएका थिए। त्यसैगरी वस्तुकरणदेखि यौन शोषणसम्मको खुलेर विरोध सुरु भएको थियो। यही चरणमा ब्रा जलाउने, वाक्सिङ नगर्ने, मेकअपबाट टाढा रहने र भावनात्मक रूपमा बलियो हुने विषय नारीवादको हिस्सा बनेका थिए।

तेस्रो चरण भने नारीवादको दोस्रो चरणभन्दा ठीक विरोधी थियो। महिलावादको दोस्रो चरणसँग विल्कुल मेल नखाने यो चरणले विरोधाभासपूर्ण कुराहरू गर्थ्यो। दोस्रो चरणमा हरेक किसिमले श्रृंगारबाट टाढा रहने कुरा हुन्थ्यो, तर, तेस्रो चरणमा यसलाई स्वीकार गर्ने विषय उठ्यो। वास्तवमा, ‘लिप्स्टिक नारीवाद’ पहिलो मौका थियो, जहाँ फेसनलाई पनि नारीवादको हिस्सा बनाउन थालियो। यसको पहिलो कालखण्डमा महिलाहरूले आफ्नो प्राकृतिक रुपलाई स्वीकार्ने कुरा गरेका थिए। यो चरणमा ‘अग्ली फेमिनिस्ट’ (कुरुप नारीवाद) को छविलाई तोड्नेसँगै महिलाले पुरुषको लागि मेकअप नगर्ने कुरालाई पनि स्थापित गर्ने कोसिस भएको थियो।

लिप्स्टिक नारीवादको यो कालखण्ड यति छोटो रह्यो कि, यसलाई केही मनिसहरूले नारीवादको तेस्रो चरणको रुपमा लिन अस्वीकार गरे। यसप्रति धेरै असहमति, भ्रम  र विवाद आए, जुन आज पनि उस्तै छन्। तर, समाजशास्त्रीहरूका लागि २१औं शताब्दीको दोस्रो दशक नारीवादको पुनर्आगमनको समय मात्रै नभएर उनीहरूले यसलाई नारीवादको चौँथो चरणको रुपमा सम्बोधन गरिरहेका छन्। अर्थात्, उनीहरू लिप्स्टिक नारीवादलाई नारीवादको एउटा चरणको रुपमा स्वीकार गर्छन्।

नारीवादको चौँथो चरणले पछिल्ला सबै कालखण्डका कुराहरूलाई आफूमा सामेल गरेको छ। उमेर, नश्ल, वर्ण र वर्गसँग जोडिएका सबै किसिमका भेदभावविरुद्धमा छ। यो चरणमा महिलाहरूलाई आफ्नो हरेक किसिमको शरीरमाथि गर्व गर्ने कुरा हुन्छ, यहीँ मेकअप, फेसन र हाँस्ने–बोल्ने तरिका उसको छनोटको विषय हुने बताइएको छ। यसले उनीहरूको यौनिक अभिव्यक्तिलाई आवश्यक र तर्कसंगत मानेको छ। यसमा लैंगिक बराबरीको कुरा गर्दै लैंगिकताको पुरै चक्र अर्थात् लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेण्डर, क्वीयरलाई पनि सामेल गरिएको छ। सबैभन्दा महत्वपूर्ण कुरा त, धेरैजसो विषयमा यो डिटिजल छ। कार्यस्थलमा हुने यौन शोषणविरुद्ध सुरु भएको ‘मी टू’ आन्दोलन यसको एउटा उदाहरण हो।

चौँथो चरणको नारीवादको सन्दर्भमा भारतको कुरा गर्ने र लिप्स्टिकतर्फ फर्किने हो भने यसलाई लिएर देखिने बुझाइले महिलाहरूको स्थितिबारे धेरै कुरा बताउँछ। उदाहरणका लागि, लिप्स्टिक लगाउनु शहरमा धेरै सामान्य हुँदाहुँदै पनि कहिलेकाँही धेरै महत्वपूर्ण बनिदिन्छ। साना गाउँ वा शहरहरूमा भने यसलाई सधैँ शंकाको नजरले हेरिन्छ। लिप्स्टिकजस्तो सामान्य कुराप्रति थोरै अचम्मजस्तो लाग्ने यो व्यवहारले बताउँछ, हाम्रोमा महिलाहरूलाई, मुख्यगरी उनीहरूको यौनिकतालाई कसरी भित्रै नियन्त्रण गर्ने कोसिस गरिएको छ।

मध्यप्रदेशको कटनी शहरबाट काम गर्न बैंगलोर पुगेकी पायल गुप्ता भन्छिन्, ‘पोस्ट ग्रेजुएसनसम्मको पढाइ मैले कटनी शहरमै बसेर गरें। तर, एकदिन पनि लिप्स्टिक लगाइनँ। यदि कुनै दिन लगाएको थिएँ भने कसै न कसैले केही भनेकै हुन्थे र मैले घरबाट पाइलासम्म चाल्न पाउदिनँ थिएँ। अहिले म दैनिक लिप्स्टिक लगाउँछु। मेरो साथमा कैयौं लिप्स्टिक छन्। पहिलो पटक लिप्स्टिक लगाएर बाहिर निस्किँदा निकै गज्जब अनुभव गरेको थिएँ। मलाई लागेको थियो, म लिप्स्टिक लगाएर हिँड्दा भिडमा नमूनाजस्तो देखिन्छु। तर, मलाई कसैले पनि ध्यान दिएन। तब मैले मोबाइल निकालेर आफ्नो अनुहार हेरें– कतै केही छुट्यो कि? यो घटना भएको तीन चार वर्ष भयो। अहिले त्यो दिनको आफ्नो अवस्था याद गर्दा मलाई निकै हाँसो लाग्छ। तब यस्तो गर्नु मेरो लागि निकै ठूलो कुरा थियो।’

महिलालाई लिप्स्टिक लगाउनबाट रोक्ने के कुरा छ? यसको जवाफ मध्यप्रदेशकै मउगञ्ज गाउँमा बस्ने प्रिया सोनी दिन्छिन्। यही वर्ष बीएडको डिग्री पाएर शिक्षक बन्ने तयारीमा रहेकी उनी भन्छिन्, ‘लिप्स्टिक लगाउनुको मतलब बढी नै हुन्छ। यो कसरी हिँडिरहेकी छे? लिप्स्टिक लगाएकी छे आज त! के आज केही महत्वपूर्ण कुरा हो? यस्ता कैयौं प्रश्नहरूले घेर्छन्। हाम्रोमा मान्छेहरू ‘बिहेको निकै हतार छ तिमीलाई?’ सम्म भन्छन्। लिप्स्टिक लगाउनुको मतलब हो, महिलाको कसैसँग प्रेम वा चक्कर छ वा उसलाई विवाह गर्ने हतार छ। श्रृंगार गर्ने, सजिने सोखलाई सधैं पति र प्रेमसँग जोडेर हेर्ने गरिन्छ। हामी आफ्नो लागि केही गर्न सक्दैनौं। हुन त अहिले केहीले आफ्नो इच्छाअनुसार मेकअप गर्न थालेका छन्, तर उनीहरूलाई राम्रो नजरले हेरिदैंन। सबैभन्दा धेरै दबाब हामीमाथि राम्री केटी बन्ने हुन्छ। र एउटा लिप्स्टिक नै हाम्रो राम्रोपनमाथि भारी देखिन्छ।’

-सत्याग्रहमा छापिएको सामग्रीको भावानुवाद

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्