• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बोस्टनमा नेपाली कक्षा र नेपथ्यको 'हामी नेपाली'

64x64
नेपाल लाइभ सोमबार, असार ११, २०७५  १५:२०
1140x725

बोस्टन, म्यासाचुसेट्स- केही दिनअघि बोस्टन विमानस्थलमा ओर्लिए लगत्तै नेपथ्यका मुख्य गायक अमृत गुरुङ म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी परिसरमा पुगे, जहाँ केही स्वयंसेवीले यस भेगका नेपाली बालबालिकाका लागि नेपाली भाषाको कक्षा चलाइरहेका थिए। मातृभूमिभन्दा धेरै पर मातृभाषाप्रति कलिला नानीहरुको मोह देखेर उनी पुलकित भए। 

भाषा कक्षामा बसेकाहरुलाई उनले भनेका थिए, ‘कुनै दिन नेपाल घुम्न गएका बेला तपाईँहरुका हजुरबुवा हजुरआमा वा अन्य आफन्तसँग जब कुराकानी गर्न सक्नुहुनेछ, त्यतिबेलै यसको महत्व बुझ्नुहुनेछ।’

त्यसको एक सातापछि नै अमृत नेपथ्यको टोलीसहित शहरको मध्य भागमा रहेको ‘रोयाल बोस्टन’ हलमा आफूलाई फरक नेपाली जमातमाझ प्रस्तुत गर्दै थिए। त्यहाँ निश्चित उमेरका मानिसलाई मात्र प्रवेश दिइएकाले भाषा सिकिरहेका बालबालिका उपस्थित हुन नसके पनि तिनका कतिपय अभिभावक पक्कै सहभागी थिए। 

अमृतले एक साताअघि केटाकेटीलाई भनेकै कुरा यहाँ पनि बेग्लै शैलीमा दोहोर्यातए।

सप्ताहन्तमा बालबालिकालाई नेपाली भाषा सिकाउन लगेकोमा उनले अभिभावकलाई धन्यवाद दिँदै सुझाए, 'सातामा चार घन्टा मात्र भाषा पढाउन लगाएर तपाईंको दायित्व पूरा हुँदैन।' 

अभिभावकले सामान्य तर असाध्यै महत्वपूर्ण योगदान गर्न सक्ने भन्दै उनले थपे, ‘आफ्ना बच्चाहरुसँग तपाईँहरुले घरमा नेपाली नै बोलिदिनुस्।'

त्यसपछि अमृतले अस्ट्रेलिया सांगीतिक भ्रमणका बेला भेटिएका एक नेपाली बालकले नेपाल गएका बेला हजुरबुवा-हजुरआमालाई भेट्दा रमाइलो लागे पनि भाषा समस्याले कुराकानी गर्न नसक्दा असाध्यै नरमाइलो लागेको सुनाएको प्रसंग सुनाए। हजुरबुवा-आमाले अंग्रेजी बोल्नै नसक्ने र आफू नेपाली नजान्ने अवस्थामा पुगेको तीतो यथार्थ बताउँदै ती बालकले त्यस्तो अवस्था फेरि झेल्न आफू अब नेपाल नजाने सुनाएका थिए।

त्यस बालकको अवस्था बयानपछि अमृतले बोस्टनवासी नेपालीलाई सम्बोधन गरे, ‘त्यस्तो अवस्था हाम्रा कुनै पनि केटाकेटीले फेरि झेल्नु नपरोस्।’ 

Ncell 2
Ncell 2

कतिपय नेपालीले विदेशमा आफ्ना केटाकेटीलाई जातीय भाषा पनि सिकाउने गरेकामा त्यो झनै उत्तम रहेको उनले औंल्याए। ‘तर, नेपालमा नेपाली भाषाले नै सबै जातिलाई सम्पर्क भाषाका रुपमा जोडेको छ,’ उनले थपे, ‘यो एउटा भाषा तपाईंका केटाकेटीले बोल्न सके भने मुलुकको जुनसुकै भागमा पुगेर पनि आफ्ना कुरा बुझाउन सक्नेछन्।’

यति कुराकानी गरिसकेपछि अमृतले सुनाएको नेपथ्यको नयाँ गीत थियो– ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली।’

त्यसपछि नेपथ्यका सदाबहार गीतहरु ‘आँगनैभरि’, ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘उडायो रेलैले’ तथा लोकप्रिय गीतहरु ‘रेशम’ र ‘तालको पानी’ सुनाएको थियो। त्यसैगरि ब्यान्डका नयाँ गीतहरु ‘कोसीको पानी’ र ‘शिरफूल शिरैमा’ पनि दर्शकले उत्तिकै रुचाएका थिए। 

कार्यक्रममा ‘हामी नेपाली’, ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्जे’ जस्ता देशभक्तिका गीत पनि गाइएको थिए।

‘हामीले थालेको नेपाली कक्षा चलाउने प्रयासलाई अमृत दाइले सराहना गरिदिनुभएकामा असाध्यै प्रोत्साहित भएका छौं,’ कार्यक्रमका आयोजकमध्ये एक तमु 8की सम्झना गुरुङले भनिन्, ‘उहाँले गर्नुभएको आह्वानलाई सबैले ग्रहण गरिदिनेछन् भन्ने विश्वास लिएकी छु।’ 

बोस्टनको यो कार्यक्रम ‘तमु 8’ले ‘जात्रा नेपाल’सँगको सहकार्यमा आयोजा गरेको थियो।

‘बोस्टनमा यसअघि पनि हामीले धेरै कार्यक्रम आयोजना गरेका थियौं,’ आयोजक टिमका उज्ज्वल धौवडेलले भने, ‘यो चाहिँ अहिलेसम्मकै सबैभन्दा ठूलो मात्र नभई हाम्रो लागि व्यवस्थित र शालीन आयोजनाको अनुभव बन्न पुग्यो।’ 

बोस्टनको यो कन्सर्टसँगै नेपथ्यले अमेरिकाको दुई शहरका निम्ति गरेको यात्रा पनि पूरा गरेको छ। प्राविधिक र व्यवस्थापकीय टोलीसहितको ब्यान्ड नेपालतर्फ लागेको छ।

प्रकाशित मिति: सोमबार, असार ११, २०७५  १५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्