• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बोस्टनमा नेपाली कक्षा र नेपथ्यको 'हामी नेपाली'

64x64
नेपाल लाइभ सोमबार, असार ११, २०७५  १५:२०
1140x725

बोस्टन, म्यासाचुसेट्स- केही दिनअघि बोस्टन विमानस्थलमा ओर्लिए लगत्तै नेपथ्यका मुख्य गायक अमृत गुरुङ म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी परिसरमा पुगे, जहाँ केही स्वयंसेवीले यस भेगका नेपाली बालबालिकाका लागि नेपाली भाषाको कक्षा चलाइरहेका थिए। मातृभूमिभन्दा धेरै पर मातृभाषाप्रति कलिला नानीहरुको मोह देखेर उनी पुलकित भए। 

भाषा कक्षामा बसेकाहरुलाई उनले भनेका थिए, ‘कुनै दिन नेपाल घुम्न गएका बेला तपाईँहरुका हजुरबुवा हजुरआमा वा अन्य आफन्तसँग जब कुराकानी गर्न सक्नुहुनेछ, त्यतिबेलै यसको महत्व बुझ्नुहुनेछ।’

त्यसको एक सातापछि नै अमृत नेपथ्यको टोलीसहित शहरको मध्य भागमा रहेको ‘रोयाल बोस्टन’ हलमा आफूलाई फरक नेपाली जमातमाझ प्रस्तुत गर्दै थिए। त्यहाँ निश्चित उमेरका मानिसलाई मात्र प्रवेश दिइएकाले भाषा सिकिरहेका बालबालिका उपस्थित हुन नसके पनि तिनका कतिपय अभिभावक पक्कै सहभागी थिए। 

अमृतले एक साताअघि केटाकेटीलाई भनेकै कुरा यहाँ पनि बेग्लै शैलीमा दोहोर्यातए।

सप्ताहन्तमा बालबालिकालाई नेपाली भाषा सिकाउन लगेकोमा उनले अभिभावकलाई धन्यवाद दिँदै सुझाए, 'सातामा चार घन्टा मात्र भाषा पढाउन लगाएर तपाईंको दायित्व पूरा हुँदैन।' 

अभिभावकले सामान्य तर असाध्यै महत्वपूर्ण योगदान गर्न सक्ने भन्दै उनले थपे, ‘आफ्ना बच्चाहरुसँग तपाईँहरुले घरमा नेपाली नै बोलिदिनुस्।'

त्यसपछि अमृतले अस्ट्रेलिया सांगीतिक भ्रमणका बेला भेटिएका एक नेपाली बालकले नेपाल गएका बेला हजुरबुवा-हजुरआमालाई भेट्दा रमाइलो लागे पनि भाषा समस्याले कुराकानी गर्न नसक्दा असाध्यै नरमाइलो लागेको सुनाएको प्रसंग सुनाए। हजुरबुवा-आमाले अंग्रेजी बोल्नै नसक्ने र आफू नेपाली नजान्ने अवस्थामा पुगेको तीतो यथार्थ बताउँदै ती बालकले त्यस्तो अवस्था फेरि झेल्न आफू अब नेपाल नजाने सुनाएका थिए।

त्यस बालकको अवस्था बयानपछि अमृतले बोस्टनवासी नेपालीलाई सम्बोधन गरे, ‘त्यस्तो अवस्था हाम्रा कुनै पनि केटाकेटीले फेरि झेल्नु नपरोस्।’ 

Ncell 2
Ncell 2
nimb
nimb

कतिपय नेपालीले विदेशमा आफ्ना केटाकेटीलाई जातीय भाषा पनि सिकाउने गरेकामा त्यो झनै उत्तम रहेको उनले औंल्याए। ‘तर, नेपालमा नेपाली भाषाले नै सबै जातिलाई सम्पर्क भाषाका रुपमा जोडेको छ,’ उनले थपे, ‘यो एउटा भाषा तपाईंका केटाकेटीले बोल्न सके भने मुलुकको जुनसुकै भागमा पुगेर पनि आफ्ना कुरा बुझाउन सक्नेछन्।’

यति कुराकानी गरिसकेपछि अमृतले सुनाएको नेपथ्यको नयाँ गीत थियो– ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली।’

त्यसपछि नेपथ्यका सदाबहार गीतहरु ‘आँगनैभरि’, ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘उडायो रेलैले’ तथा लोकप्रिय गीतहरु ‘रेशम’ र ‘तालको पानी’ सुनाएको थियो। त्यसैगरि ब्यान्डका नयाँ गीतहरु ‘कोसीको पानी’ र ‘शिरफूल शिरैमा’ पनि दर्शकले उत्तिकै रुचाएका थिए। 

Xtrem

Xtrem

कार्यक्रममा ‘हामी नेपाली’, ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्जे’ जस्ता देशभक्तिका गीत पनि गाइएको थिए।

‘हामीले थालेको नेपाली कक्षा चलाउने प्रयासलाई अमृत दाइले सराहना गरिदिनुभएकामा असाध्यै प्रोत्साहित भएका छौं,’ कार्यक्रमका आयोजकमध्ये एक तमु 8की सम्झना गुरुङले भनिन्, ‘उहाँले गर्नुभएको आह्वानलाई सबैले ग्रहण गरिदिनेछन् भन्ने विश्वास लिएकी छु।’ 

बोस्टनको यो कार्यक्रम ‘तमु 8’ले ‘जात्रा नेपाल’सँगको सहकार्यमा आयोजा गरेको थियो।

‘बोस्टनमा यसअघि पनि हामीले धेरै कार्यक्रम आयोजना गरेका थियौं,’ आयोजक टिमका उज्ज्वल धौवडेलले भने, ‘यो चाहिँ अहिलेसम्मकै सबैभन्दा ठूलो मात्र नभई हाम्रो लागि व्यवस्थित र शालीन आयोजनाको अनुभव बन्न पुग्यो।’ 

बोस्टनको यो कन्सर्टसँगै नेपथ्यले अमेरिकाको दुई शहरका निम्ति गरेको यात्रा पनि पूरा गरेको छ। प्राविधिक र व्यवस्थापकीय टोलीसहितको ब्यान्ड नेपालतर्फ लागेको छ।

प्रकाशित मिति: सोमबार, असार ११, २०७५  १५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य घट्यो
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान
सम्बन्धित सामग्री
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश प्रारम्भिक आंकलनअनुसार पुनःस्थापना तथा पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने उनले बताए। बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
सुनको मूल्य घट्यो शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित शुक्रबार, असोज ९, २०८३
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
बाढी, पहिरोका कारण देशभर १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्