काठमाडौं- सलोन बस्नेत अभिनीत फिल्म ‘बाबु कान्छा’को ट्रेलर सार्वजनिक भएको छ।
शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको फिल्मको ट्रेलरमा प्रेम र द्वन्द्वलाई प्राथमिकता दिइएको छ।
फिल्ममा सलोनसँगै सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, मञ्जु पौडेल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ। फिल्ममा अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यू गरेका छन्।
अष्ट महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन रहेको फिल्माम टंक बुढाथोकीको संगीत छ। फिल्म असार २९ गतेबाट प्रदर्शनमा आउँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।