कठमाडौं- फिल्म ‘बुलबुल’ निर्माणको औपचारिक घोषणा भएको छ। सोमबार सांग्रिला होटलमा आयोजित पत्रकार सम्मेलनमा निर्माण टोलीले फिल्म निर्माणको घोषणा गरेको हो।
काठमाडौंमा टेम्पो चलाएर गुजारा चलाउने महिलाको कथा रहेको फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का टेम्पो चालकको भूमिकामा देखिने भएकी छिन् । टेम्पो चलाउन करिब २ महिना तालिम लिएपछि स्वस्तिमा फिल्मका लागि तयार भएको निर्माण युनिटले जानकारी गरायो।
फिल्ममा मुकुन्द भुषालले नायकका रुपमा डेब्यू गर्दै छन् भने अन्य कलाकारमा लक्ष्मी बर्देवा, उज्ज्वल अधिकारी, जोइस पाण्डे, दीपक क्षेत्री, आशिका पाण्डे लगायत रहनेछन्। डेब्यू निर्देशक विनोद पौडेलको निर्देशनमा बन्न लागेको फिल्ममा कथा र पटकथा पनि उनकै छ।
उद्गम परियारको संगीत रहने फिल्मलाई शुशन प्रजापतिले खिच्नेछन्।
रातको समयमा सक्रिय रहने इरानी चरा बुलबुलकै सांकेतिक पात्र चयन गरिएको भन्दै निर्देशक पौडेलले नेपालमा अहिले बनिरहेका फिल्महरुभन्दा फरक धारमा निर्माण हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।