इटहरी– धरान उपमहानगरपालिकाले आागामी आर्थिक वर्षका लागि १ अर्ब ८० करोड बराबरको अनुमानित बजेट ल्याएको छ।
आइतबार प्रस्तुत बजेट कार्यक्रममा सुशासन र पर्यटनलाई उपमहानगरले प्राथमिकतामा राखेको छ।
‘स्वस्थ शरीरः स्वास्थ्य मन समृद्ध धरान’ भन्ने नारालाई अवलम्बन गरेको उपमहानगरले पर्यटन प्रवर्द्धनका लागि २ करोड ६२ लाख विनियोजन गरेको छ। २० वटा वडाका लागि प्रशासनिक खर्च वापत १ करोड ४० लाख र पुँजीगततर्फ ८ करोड ६० लाख गरी जम्मा १० करोड विनियोजन गरिएको छ।
हाल खानेपानी अभाव भएका वडा नम्बर ४, ५, ६ र २० को खानेपानी समस्या समाधान गर्न प्राथमिकता दिई कार्यक्रम अगाडि बढाइने बजेटमा उल्लेख गरिएको छ।
एकीकृत शहरी विकास आयोजना अन्तर्गत खानेपानी आयोजनाका लागि ४४ करोड र खेलकुद क्षेत्रको विकासका लागि १ करोड २ लाख विनियोजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।