पोखरा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले भारतसँग भएका ४ वटा हवाई रुट सम्झौता नेपालका लागि ठूलो उपलब्धि भएको बताएका छन्।
सोमबार पोखरामा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री अधिकारीले हवाई रुट विस्तार र नेपालको उडान क्षेत्र आइकाओको कालोसूचीबाट हटाउने काम महत्वपूर्ण भएको बताए। उनले आउँदो सेप्टेम्बरमा युरोपियन युनियनले कालोसूचीबाट समेत नेपालको हवाई क्षेत्रको नाम हट्ने जानकारी दिए।
मन्त्री अधिकारीले सीधै अन्तर्राष्ट्रिय उडान गर्न पाउने सम्झौतापछि नेपालको बाहिरी मुलुकसँगको सम्पर्क बढ्ने दाबी गरे। उनले हवाई रुटको सम्झौतापछि भ्रमण वर्ष सन् २०२० लाई पनि सहयोग पुग्ने बताए।
‘निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पनि पोखरामा धेरै पर्यटक भित्र्याउनेछ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।